रामेछापको जिल्ला समन्वय समितिको संयोजकमा खड्का !



१० साउन, रामेछाप ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि हुन लागेको जिल्ला समन्वय समिति रामेछापको संयोजकमा प्रेम खड्का हुने निश्चित भएको छ । खड्का नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको सभापति बन्न लागेका हुन् ।

जिल्ला समन्वय समितिको संयोजकको लागि रामेछापमा नेकपा एमालेको बहुमत रहेकाले पार्टीले पनि खड्कालाई नै सभापति तयारी गरेको एमाले रामेछापका एक सचिवालय सदस्यले रामेछाप न्युजलाई बताए । उनका अनुसार सभापतिका प्रत्यासी तुलाप्रसाद कडेलले वडा सदस्यमा नै पराजित भएपनि खड्कालाई नै पार्टीले सभापति बनाउने तयारी गरेको हो ।

खड्काले एमालेको सचिवालय सदस्य समेत हुन् । लामो समयदेखी पार्टी क्रियाशिल इमान्दार नेताको छवि बनाएका खाडादेवी गाउँपालिका गागलभदौरेका खड्कालाई पार्टीले समन्वय समितिका संयोजक बनाउने टुंगो लागेको ती सचिवालय सदस्यले बताए । उनका अनुसार उप–संयोजकमा लिखु गाउँपालिका –५ की दिपा पाख्रीन अगाडि सारिने भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष सहित ९ जना पदाधिकारीहरु हुनेछन् ।

जिल्लामा रहेका ८ स्थानीय तहका गाउपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका नगर प्रमुख एवंं उपप्रमुख गरी १६ जनाले नगरपालिका र गाउपालिकाबाट वडा सदस्य पदमा निर्वाचित भएकाहरुबाट ९ जना चुन्ने प्रावधान रहेको छ ।

रामेछापको ८ वटा स्थानीय तह मध्येबाट नेकपा एमालेबाट ९ जना प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति गठन गर्नको लागि बसेको पहिलो बैठकमा कांग्रेस र माओवादीले सहमतिको आधारमा जिल्ला समन्वय समितिको संयोजक र उपसंयोजक चयन गर्न माग गरेपनि एमालेले निर्वाचन मार्फच चयन गर्ने निर्णय गरेको थियो ।
साउन २० गते निर्वाचन
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामछापले जिल्ला समन्वय समिति रामेछापको निर्वाचन आगामी साउन २० गते निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश किरण प्रसाद सिवाकोटीले निर्वाचन प्रयोजनका लागि साउन १६ गते जिल्ला समन्वय समितिका सभापति उपसभापति र ७ जना सदस्य पदका लागि उमेदवारी मनोनयन दर्ता गराउने र २० गते निर्वाचन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्