सांसद श्रेष्ठद्धारा गृह राज्यमन्त्रीको पद अस्वीकार



११ साउन, काठमाडौं ।
रामेछाप क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित माओवादी केन्द्रका सांसद श्याम कुमार श्रेष्ठले अन्तिम अवस्थामा मन्त्री बन्ने सूचिबाट नाम हटाएको भन्दै गृह राज्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् ।

सुरुदेखि नै मन्त्री बनाउने आवश्वासन पार्टी नेतृत्वले दिएपनि अन्तिम अवस्थामा आएर मन्त्री बन्ने सूचिबाट नाम हटाएको भन्दै गृह राज्य मन्त्रीको पद अस्वीका गरेका हुन् ।


रामेछापको जिल्ला कार्यालयको बैठकको सुझावको आधारमा सांसद श्रेष्ठले गृह राज्य मन्त्री बन्ने बताएका छन् । बैठकमा सहभागी एक नेताले श्रेष्ठको भनाई उदृत गर्दै रामेछाप न्युजसँग भने,‘सुरुदेखि नै मन्त्री बनाउने प्रतिबद्धता जनाएर नेतृत्वले धोका दियो, गृह राज्यमन्त्रीमा जानुको कुनै अर्थ छैन, यो कदम पार्टी नेतृत्वले रामेछापप्रति गरेको हेपाह व्यवहार हो ।’
मन्त्री बनाउन नसकेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह राज्यमन्त्रीको प्रस्ताव गरेका थिए । तर श्रेष्ठले गृह राज्यमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरको छन् ।

प्रतिक्रिया दिनुहोस्