अब कुनै पनि हालतमा लोडसेडिङ हुँदैनःकुलमान घिसिङ



११ साउन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै पनि हालतमा लोडसेडिङ नहुने बताएका छन् । लोडसेडिङ हुन्छ भनेर भ्रम फैलाइएको भन्दै उनले कुनै पनि लोडसेडिङ नहुने बताएका हुन् ।


सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब नेपालमा लोडसेडिङ हुँदैछ भन्ने हल्ला निराधार भएको बताउदै लोडसेडिङ हुन नदिन प्राधिकरणले रातदिन नभनी काम गरिरहेको बताए ।
गत बर्षभन्दा यस बर्ष २ सय मेघावाट बिजुलीको माग बढेको भन्दै उनले त्यसका लागि विद्युत चुहावट नियन्त्रणा गरे मात्र पुग्ने बताए । ढल्केवर सवस्टेशन सम्पन्न भएपछि १ सय मेघावाट विद्युत थप हुने भन्दै बताउदै उनले यस बर्ष लोडसेडिङ कुनै पनि हालतमा नहुने र हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्