डीएसपी ढुङगेलको सफलताः१० बर्ष अघि हत्या गर्ने पक्राउ



११ साउन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले १० बर्षअघि साबिकको तिल्पुङ–४का नरबहादुर बुढाकोकीलाई हत्या गरी फरार भएका लिखु गाउँपालिका–७ का प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले लामो समयको अनुसन्धानपछि फारार अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रमेश बुढाथोकी

आफ्ना बाबु नारायण बहादुर बुढाथोकीको हत्या गरेको भन्ने प्रतिशोधनको भावनाले नरबहादुर बुढाथोकीलाई प्रमेशले २०६४ साल साउन ६ गते धारिलो हतियार प्रयोगगरी हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक कुमोध ढंगेलले प्रहरीले लामो अनुसन्धान गरेर फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको रामेछाप न्युजलाई बताए ।

अभियुक्त बुढाथोकीलाई साउन १० गते जमलबाट पक्राउ गरेको थियो । ढुङगेलका अनुसार प्रमेश श्री भैरब सक्युरिटी प्रालिमा आवद्धभै सिनर्जी फाईनान्स कुपन्डोल ललितपुरमा सुपरभाईजरको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्