रामेछापका नेताहरुको निष्कर्षः प्रचण्ड भ्रममा पर्नु भो



११ साउन, काठमाडौं ।
नेकपा माओवादीले रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठलाई मन्त्रीको सूचिबाट हटाएपछि रामेछापका माओवादीका नेताहरु रुष्ट भएका छन् । सुरुदेखि नै पार्टीले मन्त्री बनाउने सूचिमा राखेर पनि अन्तिम समयमा श्रेष्ठलाई मन्त्री बन्ने सूचिबाट हटाएर गृह राज्यमन्त्रीमा प्रस्ताव गरेको भन्दै आक्रोशित भएका छन् ।

रामेछाप जिल्ला कार्यसमितिमा रहेका नेताहरुको राजधानीमा बसेको बैठकले पार्टी हेडक्वार्टरको बैठकले रामेछापलाई उपेक्षा गरेको निष्कर्ष निकालेका छन् । केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य टलकलाल घिसिङ (टलक)ले मन्त्री बनाउने सूचिबाट श्रेष्ठको नाम हटाएर रामेछापलाई हेर्ने दृष्टिकोणमा अध्यक्ष प्रचण्ड भ्रममा पर्नु भएको निष्कर्ष निकालेको बताए । उनले भने,‘अध्यक्ष भ्रमणमा पर्नु भो, अध्यक्षलाई भ्रममा पार्ने प्रवृत्तिको विरुद्धमा पनि वैचारिक र सांगठनिक रुपमा लडिन्छ ।’
यस पटक पार्टीले सामान्य भन्दा पनि ठूलो उपेक्षा गरेर सांसद श्रेष्ठलाई मन्त्री बन्न नदिएको बताउदै घिसिङले मन्त्री बन्न रोकेर रामेछापका जनताको समेत पार्टी हेटक्वार्टर अपमान गरेको बताए ।
पार्टीभित्र इतिहासको योगदान र मुल्याङक भन्दा पनि धमक्याउने, घुक्र्याउने प्रवृत्ति हावी भएको निष्कर्ष निकाल्दै बैठकले सिंगो तीन नम्बर प्रदेशलाई नै मन्त्री विहीन बनाउनु विडम्बनानको विषय भएको बताएको छ । नेता घिसिङले भने,‘संविधानमा हस्ताक्षर नै नगर्ने मन्त्री भएका छन, सामाजिक सञ्जालमा बदनाम भएकाहरु मन्त्री भएका छन, पार्टीप्रति इमान्दार र क्रान्तिकारी युवा मन्त्री बन्नबाट रोकिएको छ, यो निकै ठूलो षडयन्त्र र चलखेल हो ।’ बैठकले रामेछाप जिल्लामा स्थानीय तहको निर्वाचनमा ३५ प्रतिशत जित हासिल गर्दा पनि पार्टी हेटक्वार्टरले मुल्याङकन गर्न नसकेको निष्कर्ष निकालेको छ । सामुहिक रुपमा राजिनामा दिने तयारी गरेपनि बैठकले पार्टीभित्र नै वैचारिक र संगठानिक रुपमा लडने निष्कर्ष निकालेको थियो ।
सामाजिक सञ्जालमा आक्रोश
सांसद श्रेष्ठलाई मन्त्री बनाउने भनेर पनि नाम फिर्ता लिएपछि पार्टी नेतृत्वको विरुद्ध सामाजिक सञ्जालमा नेताहरुले आक्रोश पोखेका छन् । पूर्व सभासद तारानारायण श्रेष्ठले लेखेका छन्–नेपाली राजनीतिका खेलाडीको रुपमा चिनिने प्रचण्ड आफू राष्ट्रपति हुन नसके पनि भित्ते राष्ट्रपति भएझै फेरि एक पटक प्रचण्डले रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठलाई सामाजिक सञ्जालमा भएपनि सामान्य प्रसाशन मन्त्री बनाउन सफल भएको छ, कमरेड प्रचण्डलाई बधाई छ ।’
पूर्व सभासद लक्ष्मी गुरुङले लेखिकी छिन–नेतृत्वले जे सिकायो, जे राजनीतिक संस्कार बसाल्यो, कार्यकर्ताले त्यही सिक्ने र लागू गर्ने हो । नेतारुे चाही पदको लागि मरिहत्ते गर्ने, पद नपाएकै कारण पार्टी फुटाउने पटक–पटक एउटै मान्छे सुन्न नि अल्छी लाग्ने गरी मन्त्री हुनु पर्ने नपाएकाकोले पाउनु पर्छ भन्नु कुनै अनोठौ होइन । नेतृत्वले टाउको दुखाउननै मिल्दैन, । यो तपाईहरुले नै बसालेको संस्कार हो ।’
सामाजिक सञ्जालमा मिश्रित प्रक्रिया आएको छ । पुष्पराज पौडेलले लेखेका छन,‘रामेछापबाट मन्त्री छनौटमा प्रचण्ड वा पार्टीको दोष छैन, यहाँ थिति नै यही चलेको छ, अर्काको खुट्टा तान्ने प्रदेश नम्बर ३ को आन्तरिक किचलो हो, न बेथानको अवहेलना हो न दोरम्बाको हो । हामीभित्र रहेको तिक्क्ततामा हुर्केको तिकडको अन्तिम रुप हो ।

 

प्रतिक्रिया दिनुहोस्