जिल्ला समन्वय समिति रामेछापको पदाधिकारीको टुंगो लाग्यो 



१२ साउन, काठमाडौं ।

जिल्ला समन्वय समिति रामेछापको संयोजकमा नेकपा एमालेबाट प्रेम खड्का हुने निश्चित भएको छ । संयोजकमा खड्का र उप–संयोजकमा दिपा पाख्रिनलाई उठाउने नेकपा एमाले रामेछापले निर्णय गरेको छ ।

नेकपा एमाले रामेछापको सचिवालय बैठकले संयोजक, उपसंयोजक र सात जना पदाधिकारीहरुको टुंगो लगाएको नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले रामेछाप न्युजलाई बताए ।

जिल्ला समन्वय समितिमा एमालेको बहुमत रहेको छ । रामेछापको ८ स्थानीय  तह मध्ये पाँच वटा स्थानीय तहमा विजयी हासिल गरेको छ । एमालेको तर्फबाट मात्रै नौ जना प्रमुख उपप्रमुख रहेका छन् ।

रामेछापको ८ स्थानीय रहेका १६ जना प्रमुख उपप्रमुख मध्ये ८ जना एमालेबाट प्रतिनिधित्व गरेका छन् । रामेछाप जिल्लाको ६४ वटाबाट प्रत्यक्ष निर्वाचिन र मनोनित भएका गरी रामेछापमा ३ सय ८१ जना जनप्रतिनिधिहरु रहेका छन् ।

यस्ता छन जिल्ला समन्वय समितिका सदस्यहरु 

सदस्य, निडोल्मा शेर्पा, दोरम्बा गाउँपालिका

सदस्य, राधिका गुरुङ गोकुलगंगा गाउँपालिका

सदस्य, मैयाँ सार्की, उमाकुण्ड गाउँपालिका

सदस्य, पूर्णबहादुर महत, रामेछाप नगरपालिका

सदस्य, गणेश माझी मन्थली नगरपालिका

सदस्य, रामबहादुर तामाङ मन्थली नगरपालिका

सदस्य, रमेश वाग्ले लिखु गाउँपालिका

प्रतिक्रिया दिनुहोस्