डीएसपी दासको निलम्बन यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश



१४ साउन, काठमाडौं ।
साढे पाँच बर्ष अघि रामेछापको लिुख गाउँपालिका– २ सैपुकी १४ बर्षिय बालिका सुन्तली तामाङको हत्यमा संलग्न श्याम राउतलाई पक्राउ गरेर पनि छोडेको भन्दै तत्कालिन रामेछापका डीएसपी सञ्जिव शर्मा दासलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा निलम्बनमा परेका थिए । तर नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा परेका डीएस दासको निलम्बन सम्बन्धी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रामेछापको प्रहरी प्रमुखमा कार्यरत रहँदा बलात्कारपछि हत्याको आरोप लागेका अभियुक्तलाई उन्मुक्ति दिएको आरोप लागेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा यही साउन ४ गते निलम्बन गरिएका थिए ।

निलम्बनपछि डीएसपी दासले आफ्नो निलम्बन गैरकानुनी रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उनीविरुद्धको निलम्बनलगायतका कारबाहीका प्रक्रिया यथास्थितिमा राख्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । डीएसपी दासले गृहमन्त्री जनार्दन शर्मा, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सुनुवाईको क्रममा सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन रामेछापका डीएसपी दास दोषी रहेको ठहर गर्दै कारवाहीको लागि सिफारिस गरेको थियो । डीएसपी दासले दोषीलाई पक्राउ गरेर छोडदा पक्राउ गर्न साढे पाँच बर्ष लागेको थियो ।
डीएसपीबाट एसपी बढुवामा ३५ नम्बरको सिफारिसमा रहेका संजीव शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार अनि हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए । तर उनलाई कारवाही गर्नको सट्टा प्रहरीले बालाजुमा प्रमुख बनाएर पठाएको थियो । साढे पाँच बर्षपछि रामेछापका डीएसपी कुमोध ढुङगलेको सक्रियामा सुन्तली तामाङको हत्यामा सलग्न श्याम राउतलाई भारतबाट पक्राउ गरेर सार्वजनिक गरिएको थियो ।
मुख्य दोषी पक्राउ परेपछि सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले तत्कालिन रामेछापका डीएसपी सञ्जिव शर्मा दासकै कारण आफ्नो परिवार विस्थापित हुनुको साथै न्यायको लागि धन सम्पत्ति समेत सिध्याएको गुनासो गरेकी थिएन । लगत्तै मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख गणेश केसीले सुन्लती तामाङको हत्यामा संलग्न दोषीहरुमा छानबिन समिति गठन गरेका थिए । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा डीएसपी दास सहित १२ जनालाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो । कारवाहीको सिफारिस गरेकै अवस्थामा प्रहरी प्रधान कार्यालयले डीएसपी दासलाई एसपीमा बढुवा गर्न सिफारिस गरेपनि सर्वत्र विरोध भएको थियो ।

तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सुन्तलीको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउतविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख रहेका दासले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आएको थियो । साढे पाँच बर्षपछि सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउत पक्राउ परेपछि घटनाले नयाँ रुप लिएको थियो ।
पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान सम्पन्न गरी सर्वस्वसहित जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय रामेछाप मार्फत् रामेछाप जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुख्य अभियुक्त राउत अहिले मुद्दा पुर्पक्षका लागि रामेछाप जिल्ला कारागारमा थुनामा छन् । सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले कुनै पनि हालतमा छोरीको हत्यामा संलग्न दोषी भगाउन भूमिका खेलेका डीएसपी दासलाई कारवाही गर्नुपर्ने माग गर्दै आएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्