रामेछापमा ट्रिपर दुर्घटना, गम्भीर घाईतेलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो



१७ साउन, रामेछाप ।
रामेछाप मन्थली नगरपालिका–७ ओडारेमा बा २ क ६१९ नम्बरको ट्रिपर दुर्घटना भएको छ । दुर्घटनमा चालक तुलबहादुर तामाङ र यात्रु विष्णुमाया माझी घाइते भएका छन् । घाइतेहरुलाई ट्रिपर सञ्चालकले थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लगेका छन् ।
रामेछापको मन्थलीबाट बालुवा लिएर रजगाउँतिर जादै गरेको ट्रिपर उकालोमा टयाक्टरलाई साइट दिने क्रममा लोड तान्न नसकेर दुर्घटना भएको ट्रिपरका सहचालकल बिजय सिंह रामेछाप न्युजलाई बताए ।
ट्रिपर उकालोबाट ब्याक भएर १ सय ५० मिटर तल तामाकोसीको बगरमा झर्यो, सहचालक सिंहले भने,‘धन्य हाम फालेर ज्यान जोगाउन सफल भए ।’
जिल्ल प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले घाइते चालक तुलबहादुर तामाङ र ट्रिपरमा रहेकी विष्णुमाया माझीलाई उपचाको लागि हिलेकोप्टर मार्फत काठमाडौ लगिएको रामेछाप न्युजलाई बताए ।
एक बर्षको अवधिमा रामेछापका विभिन्न स्थानमा गरी ९ वटा दुर्घटनमा परी दस जनाले ज्यान गुमाएका छन् । साँघुरो सडक र क्षमता भन्दा बढी लोड बोक्नु नै दुर्घटनाको कारण बन्दै आएको प्रवक्ता जोशीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्