हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चद्धारा बिरामीलाई आर्थिक सहयोग



१९ साउन, काठमाडौं ।
सुनापति गाउँपालिका–३ हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले राजधानीको केएमसी अस्पतालमा उपचारत सुरेश श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।
हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङको संयोजकत्वमा संकलन भएको ६५ हजार १ सय रुपैयाँ अस्पतालमै पुगेर अध्यक्ष थिङ र सुनापति गाउँपालिका–३ का वडा अध्यक्ष बाबुराम तामाङले संयुक्त रपमा हस्तान्तरण गरेका हुन् ।


सुनापति गाउँपालिका–३ हिलेदेवीका विभिन्न व्यक्तिहरुको सहयोगमा जम्मा भएको आर्थिक सहयोग प्रदान गरेपछि बिरामी सुरेश श्रेष्ठको बुबा डम्बरबहादुर श्रेष्ठ खुसी भएका छन् ।
निधारमा पुरानो घाउको कारण समस्या भएपछि सुरेश श्रेष्ठको अप्रेसन गरिएको उनका बुबा डम्बरबहादुर श्रेष्ठले बताए । उनका अनुसार छोराको अप्रेसनको लागि तीन लाख रुपैयाँ खर्च भएको छ ।
‘दुःखमा सानो सहयोग पनि ठूलो हुँदो रहेछ’, श्रेष्ठले भने,‘गाउँका दाजुभाईहरुले दुःखको बेलामा मलाई ६५ हजार रुपैयाँ सहयोग गरेर ठूलो गुण लगाउनु भो ।’ उनले दुःखको बेलामा यसरी नै सहयो गर्ने हो आपतमा परेकाहरुलाई निकै ठूलो राहत हुने अनुभव सुनाए ।
सुरेशको अप्रेसन सफल भएर अहिले अस्पतालमा नै छन् । सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित जनजागृत मावि खोटपा स्वाँरामा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले आगामी दिनमा पढेर समाज सेवामा लाग्ने लक्ष्य लिएका छन् ।
हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले सबैको साथ र सहयोगमा बिरामी श्रेष्ठलाई केही सहजता होस भनेर ६५ हजार रुपैयाँ संकलन गरेर प्रदान गरिएको बताए । उनले भने,‘हरेकको दुःखमा साथ दिन परम्पराको विकास गर्नुपर्छ, सबैको थोरै सहयोग पनि दुःखको बेला ठूलो सहयोग बन्न पुग्छ ।’
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा हिलेदेवी निवासी व्यवसायी दिपक तामाङ लगायतका उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्