विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयको सक्रियता



९ साउन, काठमाडौं ।

वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुक पुगि अलपत्र भएका नेपाली कामदारहरुको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियाता बढाएको छ । विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला, पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आई पुग्नु भएको छ ।

एक वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा उहा कुवेत पुग्नु भएको थियो । आफूलाई नेपाल आउन पहल गरेकोप्रति खुशी व्यक्त गर्दै तामाङले आज परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर भन्नुभयो,“मलाई नेपाल झिकाउन पहल गर्नुभएकोमा धन्यवाद ।”उहाले कुवेतमा भोग्नु परेको दुःख सुनाउनुभयो ।

तामाङले वि.सं. २०७३ असार २५ गते आफू त्यहा पुगेदेखि निरन्तर मालिकको कुटाइमा परेको बताउनुभयो । उहाले मालिको कुटाई सहन नसकेर भाग्न लाग्दा आफ्नो खुट्टा भााचिएको गुनासो गर्नुभयो । खुट्टा भााचिएपछि अस्पताल भर्ना भएको अवस्थाबाट प्रहरीले लगेर १५ दिन हिरासतमा राखेको उहााले बताउनुभयो । त्यसपछि पुन:मालिकले लगेर आफूलाई पटक–पटक कुट्ने र अन्य व्यक्तिकोमा श्रमका लागि बिक्री गरेको उहााले गुनासो गर्नुभयो ।

अन्तत: फोनका माध्यमबाट दूतावासको सम्पर्कमा पुग्न सफल भएको र परराष्ट्रमन्त्रीको प्रमुख स्वकीय सचिव युवराज चौलागाईले निरन्तर पहलमा आफू नेपाल आउन सफल भएको उहाको भनाइ थियो । उहाले आफूले पाएको दु:ख सम्झदै महिला कामदारका लागि वैदेशिक रोजगार बेठीक भएको बताउनुभयो ।

उहाका छोरा होमबहादुर तामाङले आफ्नो आमा एकल महिला भएकाले दलालले फकाएर लगेकाले दलाललाई कारबाही गर्न माग गर्नुभयो । मन्त्रालयकै पहलमा एक साता अघि पााचथर घरभएकी रञ्जिता तमाङलाई ओमनबाट तथा मलेसियाबाट श्यामकुमार बोहोरा, सेरबहादुर नेपालीलाई र रवीन्द्रकुमार यादव उद्धार गरिएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीको शिलशिलामा दुवै पुगेका १५ नेपालीको केही दिन उद्धार गरी नेपाल फर्काइएको छ । कतारबाट नरबहादुर मगरको उद्धार गरिएको छ भने कार्यस्थलमा खटिएका नेपाली कामदारहरु गंगाराम कुावर, हरि खत्री र वशन्त कुावरको मृत्यु भएको र उहाका आफन्तलाई एकमुष्ठ रु एक लाख ५९ हजार ८६० कतारी रियल क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

वैदेशिक रोजगारीका दुःख पाएकाको उद्धार गरिन्छ

परराष्ट्रमन्त्री महरा भेटपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयको जानकारी भन्दा बाहिर भएका धेरै नेपालीले दुःख पाएको हुन सक्ने भन्दै सबैको उद्धारमा पहल गर्ने विश्वास दिलाउनुभयो । उहाले भन्नुभयो,“मैले सरकारी निकायको कार्यदल बनाएर समस्याको पहिचान गर्न लगाएको छु, त्यसको सुझाव अनुसार तीब्ररुपमा उद्धारको कार्य अगाडि बढाउाछौ ।”

मन्त्री महराले नेपालीका साझा सङ्गठनलाई पनि पहल गर्न भनेको जानकारी दिनुभयो । सक्रियपूर्वक काम गर्ने बताउदै उहाले राजदूतावास एवम् सरकार–सरकारबीचमा कुरा गरेर समस्याको समाधान गर्ने प्रयत्न गर्ने बताउनुभयो ।

सरकारी भन्दा पनि भूमिगत रुपमा वैदेशिक रोजगारीमा गएका कारण पनि समस्या ठूलो बन्दै गएको उहाको भनाइ थियो । वैदेशिक रोजगारलाई मर्यादित बनाउनका लागि आफूले सक्रियतापूर्वक काम गरेको भन्दै मन्त्री महराले व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिसगको सहकार्य गरेर कडाइका साथ नियमन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्