रामेछाप–काठमाडौं पत्रकार समाजद्धारा खिम्तीका बाढीपीडितलाई राहत बितरण



२१ साउन,रामेछाप ।
रामेछाप–काठमाडौं पत्रकार समाजले लिखु गाउँपालिका–६ खिम्तीको बाढीपीडितका लागि राहत रामाग्री वितरण गरेको छ । समाजका उपाध्यक्ष प्रेम गौतमको नेतृत्वमा खिम्ती पुगेर करिब पाँच लाख बराबरको राहत सामाग्री बितरण गरेको हो ।


समाजले राहत सामाग्री लिखु गाउँपालिका–६ का अध्यक्ष शिवप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेको थियो । समाजले आफ्नो पहलमा बिदेशमार्फत प्राप्त सामाग्री बितरण गरेको रामेछाप–काठमाडौं पत्रकार समाजका सह–सचिव दिपेन्द्र गुरुङले बताए ।
‘पत्रकारको जिम्मेवारी भने घटनाको समाचार प्रकाशन÷प्रशारण गरी समास्या समाधानमा सहयोग पु¥याउनु हो । यद्यपि आफ्नै जिल्लामा भएको यस्तो बिपतको अवस्थामा हामीले केही राहतको सामाग्रि पनि लिएर आएका छौं’, समाजका उपाध्यक्ष गौतमले भने,‘हामी समाचार बाढीमार्फत घर र जग्गा जमिन समेत गुमाएकाहरूको पुनस्र्थापनाका लागि पहल गर्ने छौं ।’
राहत वितरण गर्नको लागि उपाध्यक्ष प्रेम गौतम, कोषाध्यक्ष यसिमा महत, सह–सचिव दिपेन्द्र गुरुङ सदस्य कमला रसाइलीको टोली काठमाडौंबाट खिम्ती आएको थियो ।
गत असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको थियो भने बेपत्ता भएका तीन जनाको अझै छन् । बाढीबाट १२ घर पुर्ण रुपमा बगेका थिए भने ६० घर बस्न नहुने गरी पुर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्