अब लाइसेन्स लिन लाइन लाग्नु पदैनः मन्त्री बलायर



२१ साउन, काठमाडौं ।
भौतिक योजना तथा यातायात  मन्त्री वीरबहादुर वलायरले सडकलाई हिलो र धुलो मुक्त बनाउने बताएका छन् । नागरिकहरुको दैनिकीसँग जोडिएको सडक निर्माणमा हुने ढिलासुस्ती अब सह्य नहुने बताएका हुन् ।
मेलम्ची खानेपानी आयोजनाले पाइप विस्तारको क्रममा सडक खन्ने काममा गरेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउदै मन्त्री वलायरले खानेपानी आयोजनाले बागमती नदीको पानी पम्प गरेर भएपनि पाइपलाईन विस्तारको काम समयमा नै सम्पन्न गर्नुपर्ने बताए ।


उनले वागमती नदी, धोवी खोला, विष्णुमति खोलामा निर्माणधिन कोरिडार निर्माणको काम सम्पन्न गर्नुपर्ने बताउदै कोरिडार आयोजना समयमा सम्पन्न गर्दा राजधानीको ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताए । ‘राजधानी काठमाडौमा जनताले महशुस गर्ने गरी यातायात क्षेत्रमा सुधार हुन्छ’, मन्त्री वलायरले भने,‘सडकको व्यवस्थापन र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नका रातदिन नभनि काम गर्छु ।’


राजधानीमा शनिवार रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चौथौ बार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री वलायरले देशको कुनै पनि सडक व्यवस्थित नरहेको बताए । उनले भने, ‘बर्षेनी सडक निर्माण भएको छ, तर गुणस्तस्य सडक निर्माण हुन सकेको छैन, निर्माण सम्पन्न भएको एक बर्षमा सबै सडक भत्किएका छन् ।’ देशप्रतिको समर्पण जगाउन नसक्दा निर्माण क्षेत्रमा विकृति बढेको बताउदै मन्त्री वलायरले आगामी दिनमा अब ब्लुबुक बोक्ने बाँध्यता हटाउने गृहकार्यमा लागेको बताए । दैनिक रुपमा हजारौ युवाहरु अहिले पनि लाइसेन्स लिनको लागि लाइन लाग्ने गरेको बताउदै अब आइटी प्रणाली मार्फत अब एउटै माध्यमबाट ब्लुबकुको जानकारी लिन सकिने बताए ।


हजारौ युवाहरु रोजगारीको लागि भौतारिएको अवस्थामा ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालिक रोयल ए–वान फास्टफुड ग्रुपले स्वदेशमा नै सयौ युवाहरुलाई रोजगारी सृजना गर्न सक्नु सकारात्मक काम भएको बताए । आपसी सदभाव र मेलमिलापकै कारण प्रालिले राम्रो काम भएको भन्दै मन्त्री वलायरले राज्यले प्रदान गर्ने सेवा सुविधामा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रालिका अध्यक्ष नविन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा रामेछाप खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले इच्छा शक्ति भए स्वदेशमा पनि राम्रो अवसर रहेको बताइन । उनले भनिन,‘आपसी एकता कायम गरेर अगाडि बढ्न सके,स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्