रोयल एवान फास्टफुड ग्रुपको अध्यक्षमा श्रेष्ठ निर्वाचित



२१ साउन, काठमाडौं ।
रोयल एवान फास्ट फुड ग्रुपको अध्यक्षमा हरिबहादुर श्रेष्ठ (नविन) निर्वाचित भएका छन् । गु्रपको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
राजधानीको चाबहिलस्थित एवान क्याफे एन्ड पार्टी प्यालेसमा सम्पन्न साधारणसभाबाट उपाध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश) सचिवमा राकेश श्रेष्ठ,सह–सचिव हिमाल श्रेष्ठ, कोषअध्यक्षमा भिमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  त्यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ,पदम कुमार श्रेष्ठ, नारायण श्रेष्ठ ,मिलनकाजी राई, देबेन्द्र कुमार श्रेष्ठ, शेर बहादुर श्रेष्ठ, टिकाराम श्रेष्ठ, टाकादाश श्रेष्ठ ,युवराज श्रेष्ठ र भक्त केसी सहित १५ सदस्यीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित सचिव राकेश श्रेष्ठले बताए ।
कार्यक्रममा फास्ट फुड यसोसियसन नेपालका अध्यक्ष धनबहादुर श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरी ढुङगेल,रामेछापको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

रोयल एवान इन्भेष्टमेन्ट प्रालिले हाल पाँच यस भन्दा बढीलाई रोजगारी समेत दिदै आएको छ । प्रालिका सचिव राकेश श्रेष्ठले आगामी दिनमा रोयल एवान इन्भेस्टमेन्ट प्रालि मार्फत राजधानी काठमाडौंमा मात्र नभई देशभर नै विकास गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा प्रालिले स्थानीय तहको निर्वाचनमा विजयी खाँडादेवी गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ,खाँडादेवी गाउँपालिका–३ का भिम श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर वलायर मार्फत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्