भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी



२१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।मतगणना सकिएको छ र रेणु विजयी भएको औपचारिक घोषणा गर्नमात्र बाँकी छ ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।

एमालेका देवी ज्ञवाली भन्दा २ सय ३५ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन । भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो ।

तर मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो ।

पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो ।विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्