रामेछापकी भावना सुनुवारले जितिन उपाधि



२१ साउन, काठमाडौं ।
डिफेन्डिङ च्याम्पियनद्धय अरहान्तकेशर संह र भावना सुनुवारले दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्याप्पियन बनेका हुन्।

पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१०, ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। अरहान्तले १८ हजार र अमृतले १० हजार नगद पुरस्कार पाए।

महिला सिंगल्सको उपाधि रक्षा गर्न भावनाले फाइनलमा कृष्णा थापालाई ६–११, ११–७, ११–२, ११–७ को सेटमा हराइन्। पहिलोफ सेट हारेपपनि भावनाले पुनरागमन गरिन्। भावनाले ११ हजार कृष्णाले ६ हजार नगद पुरस्कार हात पारे।

प्रतिक्रिया दिनुहोस्