रामेछापमा बाढीपहिरोबाट ७ करोड ९२ लाख २ हजारको क्षति



२२ साउन, रामेछाप ।
गत असार ३१ गते मध्ये रातमा रामेछापको लिखु गाउँपालिका–६ मा गएको बाढीपहिरोको कारण ७ करोड ९२ लाख २ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बाढीपहिरोको कारण सडक, खानेपानी र कृषि क्षेत्रमा समस्या सृजना गरेको बताएको छ ।


बाढीपहिरोका कारण २ जनाको ज्यान गएको थियो भने तीन जना अझै वेपत्ता भएका छन् । केही घाइतेहरुको अहिले पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीपहिरोको कारण खानेपानीको तर्फ ५२ लाख, १९ वटा घर बाढीले बगाउदा ४३ लाख ३३ हजार, सडक र पुलतर्फ ६ करोड ५ लाख, कृषितर्फ ३० लाख, पशुतर्फ ४ लाख २८ हजार र विद्यतुतर्फ २ लाख ४१ हजार रुपैयाँको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछाप न्युजसँग भने,‘बाढीपीडितहरुलाई पहिलो चरणको राहत प्रदान गरिसकेका छौं,दोस्रो चरणको राहत दिने प्रक्रियामा छौ ।’

प्रतिक्रिया दिनुहोस्