गलत समाचार सम्प्रेषण सम्बन्धमा



२५ साउन, काठमाडौं ।
उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले आफ्नो कारण एक मत बदर नभएको बताएकी छिन् । उनले गत साउन २० गते भएको जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा आफूले हालेको मन बदर नभएको बताएकी हुन् ।

रामेछाप न्युज टडकम अनलाईनले साउन २१ गते ‘रामेछापमा एमालेले चुनाव जित्दा कांग्रेस माओवादीभत्र एक भोटको चचार्’ शीर्षकमा प्रकाशित भएको समाचारमा कुनै पनि सत्यता नभएको उपाध्यक्ष कार्कीले बताएकी छिन् ।
बुधवार उनले एक विज्ञप्ती जारी गर्दै आफूमाथि गलत आरोप लगाई व्यक्ति नै प्रष्ट हुने गरी उल्लेख गरी व्यक्तिको क्षमता र इमान्दारीतामा लाग लगाउने काम भएकाले खेद व्यक्त गरेकी छिन् ।

उपाध्यक्ष कार्कीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–अनलाईनमा प्रकाशित समाचारमा मत बदर गरेको आरोपमा नाम उल्लेख नगरेता पनि प्रष्ट म माथि आरोप लगाई पार्टी र गठबन्धनमा आन्तरिक विवाद उत्पन्न गराउने काम भएको हुँदा त्यो समाचार झुटो रहेको र मतदान गरेको मतपत्र रद्द नभएको पुष्टि हुने प्रमाण समेत मसँग रहेको हुँदा त्यो भ्रमणूण समाचारको खण्डन गर्दै गल्ती सुधारका लागि अनुरोध गर्दछु ।’

कार्कीद्धारा जारी विज्ञप्तीमा थप भनिएको छ–व्यक्तिले गर्ने मत गोप्य हुन्छ भन्ने कानुनी प्रावधानको वेवास्था गर्दे गोप्य मतदानमा भएको बदर मत फलानो व्यक्ति कै हो भन्ने पहिचान झल्कने गरी समाचार प्रकाशन गर्नुले कानुनी प्रावधानको खिल्ली उडाएको त छ नै अर्कोतर्फ व्यक्तिले भनेको भरमा राजनीतिक आस्थाका आधारमा गलत समाचार प्रकाशसन गरेर व्यक्तिको राजनीतिक चरित्र हत्या गर्ने काम अनलाइनले गरेको हुँदा उक्त कार्यप्रति खेद व्यक्त गर्दछु ।
व्यक्तिले गर्ने गोप्य मतदानमा कसले गर्यो बदर भन्ने कुरा पहिचान नै हुन नसक्ने यस्तो अवस्थामा बदर मत सत्ता गठबन्धनको दल नेपाली कांग्रेसले उपाध्यक्ष मात्र जितेको ठाउँबाट भएको हो भन्ने आधारहित र हचुवाका भरमा समाचार लेखेर प्रकाशन गरी राजनीतिक जिम्मेवारी र इमान्दारीतामा खोट लगाएर संगठन र तत्कालिन निर्वाचनमा गठबन्धन गरिएको पक्षका बीच मनमुटाब उत्पन्न गराउने कार्य गरेकाले उक्त समाचार गलत प्रकाशन गरिएको हो भन्ने भुलको याचना गरी तत्काल सुधार गरियोस, कार्कीद्धारा जारी गरिएको विज्ञप्तीमा थप भनिएको छ,‘त्यस अनलाइनले प्रकाशन गरेको तथ्यहीन उक्त समाचारको प्रकाशन संगठन र आम मानसिहरुमा परेको नकारात्मक प्रभावकलाई तत्काल अन्त्य गराउने काम अनलाईनले गरोस ।

यस्तो छ उपाध्यक्ष कार्कीद्धारा जारी गरेको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्