जिल्ला युवा समिति रामेछापले कार्यशाला गर्ने



२६ साउन, रामेछाप ।
जिल्ला युवा समिति रामेछापले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामेछापले रक्तदान तथा कार्यशालाको आयोजना गर्ने भएको छ । समितिका जिल्ला अध्यक्ष प्रकाश कार्कीले युवा दिवसको दिन मन्थलीमा र्यालीको साथै कार्यशाला आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार सोही दिन जिल्ला रेडक्रससँगको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरिने छ । अध्यक्ष कार्कीले युवा दिवसको अवसरमा करिब एक सय जना युवाहरुले रक्तदान गर्ने कार्यक्रम रहेको बताए ।
साउन २९ गते मन्थलीमा नै करिव १ सय २० जना युवाहरुको सहभागितामा युवा उद्यमशिलताः अवसर र चुनौती बिषयक कार्यशालाको आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्