सुनापति गाउँपालिकाको पाँच स्थानमा फ्रि वाइफाइ



२६ साउन, रामेछाप ।
सुनापति गाउँपालिकाले पाँच स्थानमा फ्रि वाइफाइ जडान गर्ने भएको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र हिलेदवी सहित पाँच वडाको कार्यालयमा फ्रि वाइफाई जडान गर्न लागेको छ ।

इन्टरनेटको सहज पहुँच नहुँदा दैनिक कार्य सञ्चालन कठिनाई भएको बताउदै गाउँपालिकाले फ्रि वाइफाई जडानको लािग संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरिसकेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप न्युजलाई जानकारी दिए । सुनापति गाउँपालिका लेनलाईन फोनको सुविधा छैन् ।

प्रतिक्रिया दिनुहोस्