रामेछापमा विकासको नेतृत्व माओवादीले गर्छःसांसद श्रेष्ठ



२८ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता एवं रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको विकास निर्माणको नेतृत्व माओवादीले मात्र गर्न सक्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन मार्फत सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेकाले अब समृद्धिको युग सुरु भएको बताएका हुन् ।

सासद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षा अनुसार जित हासिल गर्न नसकेपनि आगामी निर्वाचनमा पार्टीले जित हासिल गर्ने दावी गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका सचिवालय सदस्य टंकलाल घिसिङ (टलक)ले माओवादी आन्दोलनमा रामेछाप जिल्लाले ठूलो भूमिका खेलेको बताउदै अब विकास निर्माणमा पार्टीले भूमिका खेल्ने बताए ।

खाँडादेवी गाउँपालिका–काठमाडौं सम्पर्क समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले स्थानीय तहको निर्वाचनमा खाँडादेवी गाउँपालिकामा प्राविधिक रुपमा हार भएपनि आगामी दिनमा जित हासिल गर्ने दावी गरे ।


भेलाले विक्रमदिप श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय खाँडादेवी गाउँपालिका–काठमाडौं सम्पर्क समिति गठन गरेको छ । त्यसैगरी समितिले वाइसीयल सम्पर्क समिति पनि गठन गरेको छ । जयमान घिसिङ इन्चार्ज रहेको वाइसीयल सम्र्पक समितिको अध्यक्षमा मकर श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्