अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रामेछापमा रक्तदान



२८ साउन, रामेछाप ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम आयोजना गरेर मनाइएको छ । जिल्ला युवा समिति रामेछापले विभिन्न संस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


नेपाल रेडक्रस लगायतको संस्थाहरुसँग समन्वय गरी समितिले रक्तदान कार्यक्रम आयोजना गरेको जिल्ल युवा समितिका अध्यक्ष प्रकाश कार्कीले बताए । संकलित रगम रेडक्रस भक्तपुरको ब्लड बैँकमा जम्मा गरिने उनले जानकारी दिए । युवा दिवसको अवसरमा ८० जनाले रक्तदान गरेका थिए ।


युवा दिवसको अवसरमा जिल्ला युवा समितिको नेतृत्वमा मन्थलीको देवकोटा चोकबाट निस्किएको र्याली मन्थली बजार परिक्रमा गरी पुनः देवकोटा चोकमा आएर कोण सभामा आएर सम्पन्न भएको थियो । सभामा जिल्ला युवा समिति रामेछाका अध्यक्ष प्रकाश कार्कीले देशको निर्माता युवाहरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्