कोसी ब्यारेजका ३९ वटा ढोका खोलियो, बाढीपहिरोबाट ४९ जनाको मृत्यु



२९ साउन, काठमाडौं ।
तीन दिनदेखि अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ३९ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजको ५६ वटा ढोका मध्ये ३९ वटा ढोका खोलिएको हो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेश मन्त्री सुष्मा स्वराजलाई शनिवार नै तराईको अधिकांश स्थानमा डुबानमा परेपछि ब्यारेजको ढोका खोल्न महराले आग्रह गरेका थिए ।


पानीको बहाव बढिरहे समस्या हुने भएकाले नेपालले भारतसमक्ष ब्यारेजका थप ढोका खोल्न अनुरोध गरेपछि ५६ मध्ये ३९ वटा ढोका खोलिएको उपप्रधानन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईले रामेछाप न्युजलाई जानकारी दिए ।
परराष्ट्र मन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतमार्फत ब्यारेजका ढोका खोल्न भारतसित आग्रह गरेका थिए । सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारी कोसीको सबैभन्दा जोखिमपूर्ण र प्रभावित क्षेत्र मानिन्छ । प्रमुख स्वकीय सचिव चौलागाईका अनुसार थप ढोका खोल्नको लागि भारतका विदेश मन्त्री र नेपालका लागि भारतीय राजदुतसँग पनि निरन्तर रुपमा संवाद भइरहेको छ ।

पश्चिमको राप्ती नदीमा नेपाल–भारत सीमाभन्दा केही तल भारतले बनाएको लक्ष्मणपुर बाँधका सबै ढोका खोलिदिन पनि सरकारले आग्रह गरेको छ । उक्त बाँधमा १४ वटा ढोका छन् । त्यसमध्ये ७ ढोका खोलिएका छन् ।

राप्ती नदीको जलाधर क्षेत्रमा शुक्रबारदेखि ठूलो वर्षा भइरहेको छ । वर्षाले राप्ती र त्यस क्षेत्रका अन्य नदीमा पानीको बहाव वढ्दा पश्चिमी क्षेत्रमा डुवानमा परेको छ । लक्ष्मणपुर बाँधका ढोका बन्द राख्दा नेपालमा वर्षायाममा तराईका अधिकांश क्षेत्र डुवान हुँदै आएको छ ।
बाढी पहिरोबाट ४९ जनाको मृत्यु
अविरल बर्षाको कारण देशभर गरेर ४९ जनाको ज्यान गएको छ । गृहमन्त्री जनार्दन शर्माका प्रेस संयोजक लक्ष्मी पुनका अनुसार बाढी पहिरोको कारण ४९ जनाको मृत्यु भएको र सयौ व्यक्तिहरु घाइते भएको बताइन ।
सरकारले बाढीबाट प्रभावित तराईका जनतालाई उद्दार र राहत प्रदान गर्नको लागि कुनै पनि कसरत बाँकी नराख्ने बताएको छ । बाढीबाट डुबानमा परेको क्षेत्रको अवलोकन गर्न गृहमन्त्री जनार्दन शर्मा तराई पुगेका छन् । गृहमन्त्रालयका अनु

प्रतिक्रिया दिनुहोस्