अवरुद्ध विद्युत सुचारु गर्न युद्धस्तरमा काम गछौः कुलमान घिसिङ



२९ साउन, काठमाडौं ।
वर्षा र बाढीले डुबान भएपछि पूर्वी तराईका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । नेपाल विद्युत प्राकिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तराईका विभिन्न ठाउँमा विद्युत सव–स्टेशनहरु डुबानमा परेकाले विद्युत नियमित गर्न नसकिएको बताए ।

राहत र उद्धारको काम पानी परिरहेपनि गर्न सकिने विकल्प छ, तर विद्युतको मामिलामा त्यस्तो हुँदैन, घिसिङले भने,‘पोलहरु ढलेका छन् । पानीले निकास पाएको छैन । सव–स्टेशनहरु डुबेका छन् । पानी परिरहेको छ । यस्तो अवस्थामा विद्युत्को काम गर्नै सकिँदैन ।’

पानी पर्ने क्रम रोकिए र भरिएको पानी कम हुनेवित्तिकै युद्धस्तरमा काम हुने तयारी प्राधिकरणले गरेको बताउदै घिसिङले प्राधिकरणले मर्मतको लागि तयारी अवस्थामा कर्मचारीलाई राखेको बताए ।
देशभर आएको अविरल वर्षा र बाढीले विभिन्न ठाउँमा दर्जनभन्दा बढी प्रसारण लाइन तथा सबस्टेसन ध्वस्त भएका छन् । यही कारण पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल लगायत दर्जनौं ठाउँमा विद्युत आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काबेली कोरिडोरअन्तर्गत दमक–गोदक १३२ केभी खण्ड इलाम चुलाचुलीमा १७ नम्बर टावर ढल्दा त्यस क्षेत्रमा उत्पादन भएको विद्युत खपत हुन नसकेको बताए ।

यसैगरी, हेटौंडा सबस्टेसन नजिक ६६ केभी टावर पल्टिन लागेकाले ६६ केभी औद्योगिक फिडर सर्किट बन्द भएको छ । उता दुहबी, दमक, चन्द्रनिगाहपुर र अनारमनि सबस्टेसन शुक्रबार बिहान साढे ७ बजेदेखि जलमग्न छन् ।
चन्द्रनिगाहपुर–पथलैया ९१३२ केभी., ढल्केबर–चन्द्रनिगाहपुर ९१३२ केभी. , बालाजु–त्रिशूली ९६६ केभी. लाइनमा पनि समस्या आउँदा यहाँबाट विद्युत आपूर्ति हुन सकेको छैन ।

प्रसारण तथा वितरण लाइनमा क्षति पुग्नु र सबस्टेसन डुब्नुले विद्युत आपूर्ति भएका ठाउँमा समेत लाइनले लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या देखिएको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्