डा. गोविन्द केसीको समर्थनमा रामेछापवासीले र्याली निकाल्दै



३० साउन, काठमाडौं ।
अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिने उदेश्यले रामेछापवासीले दबाब र्याली निकाल्ने भएका छन् । अनसन बसेको लामो समय वितिसक्दा समेत माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै रामेछापबाट काठमाडौंमा बसोबास गर्ने रामेछापवासीहरुले रामेछाप नागरिक सरोकार समुह बनाएर आज दबाब र्याली निकाल्न लागेका हुन् ।


आज दिउसो २ बजे काठमाडौंको माइतीघरबाट नयाँ वानेश्वरसम्म र्याली निकाल्ने तयारी गरिएको हो । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिहरुबीच पटक–पटक भएको वार्ता असफल हुँदै आएको छ । रामेछापमा जन्मिएका केसी चिकित्सा शिक्षा क्षेत्रको विकृतिको विरुद्ध २१ दिनदेखि अनसनरत छन् ।
दबाब र्यालीमा रामेछापका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुने रामेछाप नागरिक सरोकार समुहले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्