डा. केसीको आन्दोलनमा रामेछापवासीको समर्थन, राजधानीमा र्याली



३१ साउन, काठमाडौं ।

चिकित्सा क्षेत्रमा रहेको विकृतिको विरुद्ध अनशनरत डा. गोविन्द केसीको समर्थनमा रामेछापवासी युवाहरुले दबाबमूलक र्याली निकालेका छन् । चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि भन्दै डा. केसी २१ दिनदेखि अनशनरत हुँदा समेत माग सम्बोधन नभएको भन्दै रामेछाप नागरिक सरोकार समुहले दबाबमूलक र्याली निकालेका हुन् ।

 

रामेछाप जिल्लामा जन्मिएका डा. केसीले यसअघि चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका थिए । सरकारले पटक–पटक डा. कोसीसँग सहमति गरेपनि कार्यान्यवनमा नआएको भन्दै केसी अनशनमा बसेका हुन् । सरकार र डा. केसीका प्रतिनिधिहरुबीच वार्ता भएपनि सहमति जुटन सकेको छैन् ।

डा. केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै रामेछापबाट काठमाडौैंमा आएर विभिन्न पेशा र व्यवसायमा संलग्न रामेछापवासीले मंगलवार राजधानीमा र्याली निकालेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको र्याली बबरमहल, बुद्धनगर हुँँदै नयाँ वानेश्वरमा आएर कोण सभामा परिणत भएको थियो । र्यालीमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता,संघ स्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

र्यालीमा पूर्व मन्त्री कमल चौलागाई, कांग्रेसका नेता युवराज भट्टराई लगायतका नेताहरुको सहभागीता रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता ज्ञानकुमार योञ्जनले सरकारले तत्काल माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्