कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो



नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल गर्दै आएका छन् । नेपालका कम्युनिष्ट आन्दोलनले भोग्दै आएको हो कि नेता नेतृत्वले जस्तो गल्ती गरे पनि नेपाली जनता विद्रोह चाहने क्रान्तिकारी भाव र देशप्रति चिन्ताको भावनाले ओतप्रोत छन् । देश र जनताको लागि क्रान्तिकारी आन्दोलनको खातिर सधैभरी रगत बगाउन कुनै परवाह नै नभएको देखिन्छ । तर, यो जनताको बलिदानीपूर्ण भावनालाई क्रान्तिकारी आन्दोलनले टुङ्गो लगाउन सक्छ ? यी ठूला–ठूला बलिदानीको सम्मान गर्न सक्छ ? शहीदले बगाएको रगतलाई नयाँ स्वाधीन, स्वतन्त्र र मुक्त देशको रुपमा परिणत गर्न सक्छ ? यी प्रश्नको उत्तर भने जनक्रान्तिमा प्राप्त भइसकेका छैन् ।
नेपाली उत्पीडित जनताको मुक्तिका खातिर ०५२ सालमा महान् जनयुद्धको माध्यमबाट नेपालमा भीषण वर्ग संघर्षको सुरुवात भयो । एकातिर २४० वर्षको जहाँनिया राजतन्त्रतात्मक राज्य व्यवस्था जो आफैमा सबै प्रकारले सम्पन्न थियो । अर्कातिर हातमा केही नभएका जनताले मुठ्ठी उठाएर जनक्रान्तिको सुरुवात गरेका थिए । सही विचार र सही कार्यदिशा भयो भने सबै कुुरा प्राप्त हुन्छ भन्ने मूल मन्त्रलाई साक्षी राखेर नेकपा (माओवादी)ले जनयुद्ध घोषणा ग¥यो । त्यो नविनतम्, भीषण र तीब्र गतिमा अगाडि बढ्यो ।

हरि दाहाल ‘ललित’

सामन्तवादी राज्य पनि आफ्नो सम्पूर्ण शक्ति, तागत लगाएर भीषण दमन र नरसंहारमा उत्रियो । देशैभरी राजनीतिक, फौजी, गैरफौजी संगठनात्मक कामहरु तीब्र गतिले हुन थाल्यो । गाउँ–गाउँबाट जाली, फटाहा, जनविरोधीहरु पूरै विस्तापित हुन थाले । त्यसपछि जनताको मनोभावना उच्च हुन थाल्यो । जनता जनक्रान्तिमा पूरै होमिन थाले । त्यस समयमा सहास, आँट, बलिदानीको कारण ठूला कृर्तिमान कायम भए । प्रतिक्रियावादीहरु हायलकायल भए । जनताको जीत भएको समय इतिहासमा त्यस्तो समय अब छोटो समयमा नेपालमा आउन असम्भव छ ।

जनयुद्धको भीषण चापको समय थियो । हाम्रो पार्टीको चार नीति भित्रको समय थियो । जो हापुरेमा हामी युद्धविरामको समयमा थियौं । जुन समय एउटा समझदारी भएको थियो–दुबै सेना ब्यारेक भन्दा पाँच किलोमिटर बाहिर जान नपाउने । रामेछाप वर्ग संघर्षबाट खारिएको जिल्ला थियो । जनयुद्धका तुफानी आठ वर्ष गुज्रिसकेको थियो । रामेछापमा त्यति धेरै परिणामको रगत बगेको थिएन । जनयुद्धको सुरुको फौजी कार्य बेथान चौकी कब्जा गर्ने तिर्थ गौतम, फत्तवहादुर स्लामी मगर र दीलमाया योञ्जनले वीरताको गाथा कोरिसकेका थिए ।

तत्पश्चात् रामेछापले ठूला–ठूला अप्रेसनका अप्ठ्याराहरु पार गर्दै थियो । जनयुद्धका ती आँधीमय दिनहरुमा वर्ग संघर्षबाट माओवादी पार्टी विचलित थिएन् । रामेछापमा माओवादी कार्यकर्ता र जनता राम्रै वैचारिक, राजनीतिक, संगठनात्मक, फौजी रुपमा सशक्त भएका थिए ।
२०६० साल श्रावण ३२ गते हामी पार्टी योजना निर्माण गर्ने सिलसिलामा रामेछापको दोरम्बा पुग्यौ । त्यहाँ ३ नम्बर ईलाकाको बैठक थियो । क्रान्तिकारी योद्धाहरु त्यहाँ भएको कुरा सुराकीद्धारा त्यस बेलाका शाही अमेरिकी सेना कहाँ खबर पुगेको रहेछ । दोरम्बा सैलुङ्ग रेन्चमा पर्छ । जुनबेला भिषण वर्षादको समय थियो । कुहिरोले गर्दा एक किलोमिटर वरपर पनि केही नदेखिने अवस्था थिएन । तत्कालिन समय युद्ध रणनीतिका हिसाबले सेना नयाँ रणनीति निर्माण गर्दै थियो । शाही सेनाको योजना, युद्धविराम रामेछापबाट भंग गर्ने र नयाँ फौजी रणनीति प्रयोग गर्ने रहेछ । दोरम्बा हत्यामाकाण्ड मच्चकाउने राममणि पोखरेल हुन उनलाई राज्यले अझै कार्बाही गरेको छैन र किन गर्दैन ?
यो सोचनिय प्रश्न हो । कार्बाही गर्नुको सट्टा उल्टै पुरस्कार दिएर तत्कालिन सरकारले सम्मान ग¥यो । दोरम्बा हत्याकाण्डलाई विदेशी संघ संस्थाहरुलेसम्म युद्ध अपराध हो भनेर भनेका छन् । हाम्रो पार्टी पनि नयाँ नीति योजना लागू गर्ने र प्रयोग गर्ने क्रममा थियो । नेपाली जनयुद्धले देशी विदेशी प्रतिक्रियावादीहरु पूरै थर्कमान अवस्थामा थिए । भनिदै थियो–‘सगरमाथाको देशबाट नयाँ विश्व जन्मदै छ ।’ त्यहीँ समयमा रामेछापको दोरम्बामा होनहार नेपाली आमाका छोराछोरी श्रावण ३२ गते दिउसो १२ बजे दुश्मनको कालघेराभित्र परे । बैठक बसेको घर घेरा हालियो । चारैतिरबाट गोली बर्सियो । म (तत्कालिन जिल्ला इन्चार्ज) तत्कालिक जिल्ला सेक्रेटरी मदनले सेनाको बन्दुकको नाल समातेर फुत्किन सफल भएका थियौ । शाही सेनाहरुले घरको आँगनमा नै दुई जनालाई गोली हानेर हत्या गरे भने बाँकी १९ जनालाई पक्राउ गरे ।

शाही सेनाले १९ जनालाई समाते र डोरीले हात पछाडि बाँधे । सेनाको कब्जामा पर्नेहरुमा तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), प्रदिप दोङ (रक्तिम) अम्बिका दाहाल (ललिका), टेकवहादुर मगर (विवेक) लगायतलाई यातना सहित कुट्दै लगियो ।

त्यसपछि डडुवा र दोरम्बा गाविसको सीमानामा पर्ने डाँडाकटेरी पु¥याइयो । डाँडाकटेरी पु¥याएपछि क्रान्तिकारी योद्धाहरुले एउटै स्वरमा भनेका थिए–‘ए हामीलाई कहाँ लान्छस् ?’ दुश्मले भन्यो–मन्थली । योद्धाहरुले फेरि भने–‘हामी मन्थली जादैनौ, हामीलाई छोड यो युद्धविरामको समय हो ।’ युद्ध विराममा भएको सम्झौतामा पाँच किलोमिटर बाहिर सेना नजाने भन्ने छ, किन सम्झौता उल्लंघन गरिस् ? दुश्मनले आत्मसमर्पण गराउन जबरजस्ती ग¥यो तर जनमुक्ति योद्धाहरुले उनीहरुको प्रस्ताव ठाडै अस्वीकार गरेर भने–‘कि हामीलाई छोड ? कि हामी सबैलाई मार ?’ डाँडाकटेरीमा लामै समय भनाभन भयो,सेना र वीर योद्धाहरुको बीचमा । त्यसपछि शाही सेनाको आफ्नो योजना अनुरुप सबैलाई कन्चटमा गोली हानेर एकै ठाउँमा मा¥यो । दोरम्बा र देशैभरी शहीदले बगाएको रगतबाट सामन्तवादको मुख्य नाइके राजतन्त्रको अन्त्य भयो ।
दोरम्बा हत्याकाण्ड नेपाली जनयुद्धको जटिल र संवेदनशील मोडमा भएको घटना थियो । यसलाई न्यूनिकरण गरेर हेर्न मिल्दैन । यस हत्याकाण्डसँग केही प्रश्न पनि उब्जिएको थियो । पहिलो सुराकी गरेको हो कि हैन ? दोस्रो आफ्नै कमजोरीका कारण । तेस्रो दुश्मन आएको थाहा पाएर पनि आफ्नै कमरेडहरुले खबर गरेनन । चौथौ सञ्चारलाई चुस्त पार्न सकिएन । पाँचौ रामकुमारको विवाह हुँदै छ भनेर गाउँमा गरेको प्रचार थियो ।

यी सबै प्रश्नको उत्तर भनेको युद्धविरामको मानसिकता, दुश्मनलाई कम आँक्ने सोच, हत्याकाण्ड मुलतः सुराकीकै कारणले गर्दा भएको हो । यसमा कुनै शंका राख्नु हुँदैन र राखेको पनि छैन । ‘क्रान्ति महासंग्रामको खेल हो, यसमा ठूलो बलिदानीको माग हुन्थ्यो त्यो साहसकासाथ कमरेडहरुले कोटा चुक्ता गर्नुभयो ।’

हत्याकाण्डले नेपाल स्तब्ध भयो । जिल्ला नेता, कार्यकर्ता, जनता, समर्थक, शुभचिन्तकसम्मलाई यो कहाली लाग्दो पीडाले छटपटाइमा पा¥यो एकातिर भने अर्कातिर आक्रोश, बदलाभावका साथ क्रान्तिलाई पार्टी नीति योजनालाई धैर्यतापूर्वक अगाडि लाने आँट र साहस पैदा गरायो । नेपाली क्रान्तिलाई वार्ताको माध्यबाट घेराबन्दी गरेको समय थियो । दोरम्बाको रगतले त्यो घेरा तोड्दै सफलताको इतिहासको ठूलो मूल्य चक्ता गरेको छ ।
खासगरी नेपाली जनयुद्ध पुरानो सामन्तवादी राज्यको अन्त्य नयाँ जनवादी राज्य स्थापनाका लागि गरिएको हो र जे जति सहीदहरुले रगत बगाए त्यसको सपना साकार भएको छैन । यो सामन्तवाद र विस्तारवादको हस्तक्षेप विरुद्ध बगेको रगत हो । पार्टी भित्रको गलत प्रवृत्तिका विरुद्ध र पार्टीलाई दक्षिणपंथी संशोधनवादबाट बचाएर सही सच्चा क्रान्तिकारी निर्माण गर्नु अहिलेको चुनौती हो ।
महान् अभियानमा बगेको त्यो रगत अहिले आएर पार्टी नेता, कार्यकर्तालेको कतिपय कार्यशैली, आर्थिक कारोबार, सोचाई र आत्मकेन्द्रीत बन्दै गएको आभाष हुन थालेको छ । सर्वहाराशैली असाधारण फुट, नष्ट हुँदै ढाट, छल, कपट र अपारर्दर्शी बन्दै व्यक्तिगत निज स्वार्थतिर गएको छ । यसले पूरै सहिदको सपनाको अपमान गर्दै छ भन्ने कुरा प्रष्ट देखिन्छ । अर्कोतिर नेपाली सर्वहारा वर्गलाई निषेध गर्न खोजिदै छ । सर्वहारा वर्गको नेता कार्यकर्ताको विरुद्ध वैरीहरु पूरै आक्रमक गर्ने ढंगले आएका छन् ।
दोरम्बामा बगेको रगत नयाँ राजनीतिक व्यवस्था निर्माण गर्न, समाज निर्माणको लागि, नयाँ आर्थिक व्यवस्थाको लागि थियो । दोरम्बाको डाँडाकटेरीबाट सशहीदहरुले देखाएको सपना र उनीहरुले देखाएको क्रान्तिकारी बाटो नछोडौं । पार्टीभित्र क्रान्तिकारी खोल ओढेका दक्षिणपन्थी अवसरवादसँग लड्दै जानु हाम्रो कर्तव्य हो । दोरम्बा हत्याकाण्डमा शहीद हुनुभएका बाबुराम लामा, ललिता लगायत २१ जना शहीदहरुले देखाएको सपना साकार पारौं । दोरम्बा हत्याकाण्डमा देश र जतनालाई मुक्त पार्नको लागि हाँसी–हाँसी जीवन उत्र्सग गर्ने सहिदहरुप्रति भावपूर्ण श्राद्धाञ्जली व्यक्त गर्दछु ।

(दोरम्बा हत्याकाण्डमा बाँच्न सफल दाहाल हाल ललितपुर जिल्लाको इन्चार्ज हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस्