दोरम्बाको डाँडाकटेरीमा दोरम्बा स्मृति दिवस मनाइयो



३२ साउन, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकामा १४ औ दोरम्बा स्मृति दिवस मनाइएको छ । २०६० साउन ३२ गते तत्कालि शाही नेपाली सरकारले युद्धविरामको समयमा बैठक बसिरहेको घरलाई कब्जामा लिएर २१ जनाको सामुहिक हत्या गरिएको थियो । नेकपा माओवादी केन्द्र दोरम्बा गाउँपालिकाले आयोजना गरेको श्रद्धान्जली कार्यक्रम २१ जनाको सामुहिक हत्या गरिएको स्थान डाँडाकटेरीमा मनाइएको छ ।


श्रद्धाञ्जली कार्यक्रममा तत्कालिन रामेछापका जिल्ला इन्चार्ज एव माओवादी केन्द्रका नेता हरि दाहाल ‘ललित’, रामेछापका जिल्ला संयोजक मैनकुमार मोक्तान, दोरम्बा गाउँपालिका इन्चार्ज सृजना गौतम, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, गाउँपालिकाका सह–इन्चार्ज एवं वडा नम्बर ६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरले ‘अनुप’, दोरम्बा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठ, वडा नम्बर ४ का वडा अधयक्ष चन्द्रबहादुर मगर, वडा नम्बर ५ का वडा अध्यक्ष गंगाबहादुर तामाङ, वडा नम्बर ७ का वडा अध्यक्ष रेम थापा लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्