मानवता विरोधी दोरम्बा हत्याकाण्डः मानव अधिकार आयोग (प्रतिवेदनको पूर्णपाठ सहित)



३२ साउन, रामेछाप ।

साउन ३२ अर्थात दोरम्बा हत्याकाण्ड भएको दिए । सरकार र युद्धरत माओवादीबीच दाङको हापुरेमा  दोस्रो चरणको वार्ता भइरहेदा निशस्त्र अवस्थामा रहेका माओवादी कार्यकर्ताहरुलाई तत्कालिन शाही नेपाली सेनाले कब्जामा लिएर २१ ज्नाको  हत्या गरिएको  थियो । दोरम्बाका स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बैठक वसीरहेको घरलाई कब्जामा लिएर माओवादी कार्यकर्ताहरुलाई तत्कालिन साही नेपाली सेनाले एक घण्टा टाढा दोरम्बा र डडुवाको सीमानामा पर्ने डाँडाकटेरीमा लगेर हत्या गरेको थियो । सरकार र माओवादीबीच बार्ता चलिरहदा भएको दोरम्बा हत्याकाण्ड अहिले पनि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चामा छ ।

सोही हत्याकाकाण्डलाई कारण देखाउंदै माओवादीले  त्यस बेला सरकारसंगको वार्ता समेत भंग गरी युद्धमा फर्किएको थियो । राष्ट्रि मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्व न्यायधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा गठन गरेको  पाँच सदस्य समिति छानविन  समितिले तत्कालिन सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा  जेनेभा कन्भेनसनको साझा धारा ३ को विपरीत सो घटना घटाईको ठहर  गर्दै २०६० सा भद्रौ २५ गते दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तर अहिलेसम्म दोषीलाई कारवाही हुन नसकेको भन्दै पीडित परिवारहले असन्तुष्टि जनाएका छन् । दोरम्बा हत्याकाण्डमा तत्कालिन माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या गरिएको थियो । दोरम्बा हत्यका काण्डमा सेनाको घेरा तोडी बाच्न सफल तत्कालिन जिल्ला इन्र्चाज हरि दाहाल ‘ललित’ले घटनामा संलग्न दोषीलाई कारवाही हुनुपर्ने बताए ।

घटनाको पीडा अहिले पनि उस्तै  भएको पीडीतहरु बताउँछन । हत्याकाण्ड घटाइएको १४ बर्ष  भइसक्दा पनि दोषीलाई कारबाही नहुँदा पीडित परिवाहरुले आक्रोश  व्यक्त गरेर छन् । कारबाही हुन्छ हुन्छ ..भनेको धेरै बर्ष भयो तर अहिलेसम्म कुनै कारबाही हुन सके, शहीद लक्ष्मण तामाङकी जीवन संगीनी काइली तामाङले  भनिन्–कब्जामा लिएर हात बाँधी एक घण्टा टाढा डाँडाकटेरीमा लगेर गोली हानेर हत्या गरे फेरि हामीलाई भ्रम छर्नको लागि दोहोरो भिडन्तमा मारियो भनेर प्रचार गरियो यो भन्दा लाज लाग्दो कुरा अरु के हुन सक्छ ?

गाउँलेहरुले शिक्षक युवराम मोक्तानको घरमा बन्दुक पड्काएको पनि सुने  सबैलाई कब्जामा लिएर हात पछाडि बाँधी लगेको मानेडाँडाका स्थानीय बासिन्दा प्रायः सबैले देखे । गाउँमा सेनाले पूरै कफ्र्यू लगायो । त्यतिखेर दोरम्बाका बासिन्दाले चुपचाप सहनु बाहेक अरु कुनै विकल्प नै थिएन भन्दै सहिद सानारामको जीवन संगीनी मेन्दो तामाङले भनिन्– वार्ता चलेको दिन समातेर लगे पनि मादैनन् भन्ने लागेको थियो डाँडाकटेरीमा बन्दुक पड्किएको आवाज आयो त्यसपछि सबैलाई मारे भन्ने लाग्यो ।

विद्यालयबाट घर फर्किएका शिक्षक ममिन थिङले सबैको एकै चिहान बनाए भनेर खबर गाउँमा ल्याउपछि छाङ्गाबाट खसे जस्तो भए । सहिद ठुलारामकी जीवन संगीनी मायादेवी तामाङको पनि गुनासो उस्तै छ ।

दोरम्बा घटना घटने दिन उनी पनि घरमै थिइन । सेनाले सबैलाई पक्राउ गरेर लगेपछि गाउँमा हल्लाखल्ला भयो । कता लगे के गरे भन्ने पत्तो नै भएन । एकैचोटी बन्दु्क पड्किएको आवाज आयो त्यसपछि मन कस्तो–कस्तो भयो एक क्षणपछि खबर आयो सबैलाई  सेनाले हत्या ग¥यो भन्दै उनले भनिन– खै त दोषी भनिएकाहरुलाई अहिलेसम्म कुनै कारबाही  हुन सकेन त  ?

दोरम्बा हत्याकाण्डमा मृत्यु हुनेहरुको नामावली

१. बाबुराम लामा ‘पुष्प’

२. अम्बिका दाहाल ‘ललिका’

३. प्रदिप दोङ ‘रक्तिम’

४. टेकवहादुर थापामगर ‘विवेक’

५. उमा कार्की ‘साहरा’

६. पदम राज गिरी ‘असल’

७. सानाराम तामाङ ‘ तारा’

८.ठूलाराम तामाङ ‘छोप्पा’

९. लक्ष्मण तामाङ ‘छायाँ’

१०. चतुरमान थामी ‘समर’

११. सोमाइ थामी ‘संगीता’

१२ श्याम तामाङ ‘इन्क्लाव’

१३. विष्णु थापामगर ‘बिमा’

१४. हर्क घिसिङ ‘यथार्थ’

१५. हर्कलक्ष्मी राई ‘बिमला’

१६ रवि चौवान ‘समिर’

१७ उषा

१८ जमिन

१९ सोम

२० शिक्षक युवराज मोक्तान

 २१ शिक्षकका छोरा लिला मोक्तान

दोरम्बा हत्याकाण्डको बारेमा यस्तो छ राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्