रामेछापमा ९८ बर्षिय गौरीमाया नेपालीले लिइन नागरिकता



३२ साउन, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीकी गौरीमाया नेपालीले ९८ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । बर्षौदेखि नागकिरता लिनको लागि धाए पनि निराश भएर बसेकी नेपालीले अहिले गाउँमै नागरिकदा पाउदा दंग भएकी छिन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला प्रशासन कार्यालय रामेछापले गाउँघरमा नै सेवा दिने उदेश्यले सञ्चालन गरेको नागरिकता वितरण टोलीबाट नेपालीले नागरिकता लिएकी हुन् ।


रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले ९८ बर्षिय नेपालीलाई नागरिकता वितरण गर्दै बाटो खर्च बापत व्यक्तिगत रुपमा एक हजार रुपैयाँ समेत प्रदान गरेका थिए ।
वि.सं. १९७६ साल असार १८ गते जन्मिएकी नेपालीले नाता प्रमाणित गर्नको लागि आवश्यक कागजजात जुटाउन नसक्दा नागकिरता लिन सकेकी थिइनन ् । प्रजिअ खत्रीले माइतीबाट नाता प्रमाणित भएको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको बताए । उनले भने,‘नेपाली नागरिक हो,नाता प्रमाणित गराउन नसक्दा नेपालीले नागरिकता लिन सक्नुभएको रहेनछ, जनप्रतिनिधिहरुले नाता प्रमाणित गरेको आधारमा हामीले नागरिकता वितरण गरेका हौ ।’
जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती नागरिकता टोलीबाट नागरिकता लिएपछि अब नेपालीले बृद्धभक्ता समेत पाउने भएकी छिन् । कानुन अनुसार १६ बर्षको उमेर पुगेपछि नागरिकता लिने र ७० बर्ष उमेर पुगेपछि बृद्धभक्ता पाउने प्रावधान छ । लामो समयदेखि कोशिस गर्दा पनि बन्न नसकेको नागकिरता बनेपछि नेपालीले जिल्ला प्रशासन कार्यालय रामेछापलाई धन्यवाद दिएकी छिन् ।
सुनापति र दोरम्बा गाउँपालिबाट ६ सय ७८ जनाले लिए नागरिकता
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको दोरम्बा र सुनापति गाउँपालिकामा सञ्चालन गरेको घुम्ती नागरिकता टोलीबाट ६ सय ७८ जना नागरिकले नागरिकता लिएका छन् ।

दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरबाट गाउँपालिकाका ७ वटा वडाबाट २ सय ३१ र सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट ४ सय ४७ जनालाई नागरिकता वितरण गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्