मंसिर ४ गते प्रदेशसभा र संघीय संसदको चुनाव



१ भदौ, काठमाडौं ।
आगामी मंसिर ४ गते प्रदेशसभा र संघीय संसदको चुनाव एकै चरणमा गर्न निर्वाचन आयोग सहमत भएको छ । निर्वाच्न आयोगले प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति जनाएको हो ।
विहिवार प्रमुख तीन दलका शीर्ष नेताहरुले र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा आगामी मंसिर ४ गते दुवै चरणको निर्वाचन गर्ने सहमति जुटेको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनका लागि चाहिने कानुन ५ गतेभित्र र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन १५ गते भित्र चाहिने बताए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्वन्धी कानुन संसदमा विचाराधीन छ । क्षेत्र निर्धारण आयोगले गठन गर्दा दिइएको २१ दिनमा प्रतिवेदन बुझाउन नसकेपछि १५ दिनको समय दिइएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार आयोगले पहिलो चरणमा हिमालीसहित ३१ जिल्लामा गरौं । बाँकी जिल्लामा ७ र ८ दिनपछि गरौं भन्ने प्रस्ताव गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्