नागरिक सरोकार समुह रामेछापद्धारा संचालित कार्यक्रमको अनुगमन



१ भदौ, रामेछाप ।
नागरिक सरोकार समुह रामेछाले सञ्चालन गरेको कार्यक्रमको जिल्लास्तरीय अनुगमन सम्पन्न भएको छ । संस्थाले युनिसेफको आर्थिक सहयोगमा सञ्चालन गरेको स्वास्थ्य संस्था र विद्यालयको अस्थायी सिकाई केन्द्रमा गरेको स्वास्थ्य तथा खानेपानी कार्यक्रमको जिल्ला स्तरीय अनुगमन भएको हो ।

जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दिपा पाख्रिनको नेतृत्वमा गएको टोलीले संस्थाले गोकुलगंगा गाउँपालिकामा सम्पन्न गरेको कामको अनुगमन गरिएको थियो ।

सो क्रमममा गोकुलगंगा–३ रस्नालुको भैरवी आधारभूत विद्यालयमा सम्पन्न गरिएको खानेपानी व्यवस्था र सोही गाउँपालिकाको–५ नामाडीको स्वास्थ्य चौकीको प्रिप्याफ भवनकोमा गरिएको खानेपानीको व्यवस्थापनको अनुगमन गरिएको थियो ।
रस्नालुमा नयाँ इन्टेक निर्माण गरि ७ सय ५० मिटर पाइपलाईन ओच्छ्याएर एक हजार लिटरको ट्याङ्कीमा खानेपानी जमाई विद्यालयमा खानेपानीको व्यवस्थापन गरिएको छ ।

संस्थाका अध्यक्ष प्रकाश कार्कीले नामाडीमा इन्टेक मर्मत सहित ४ सय मिटर पाइप लाइन खन्ने तथा पुर्ने काम सम्पन्न गरी स्ट्याण्ड सहितको खानेपानी ट्याङ्की समेत व्यवस्थापन गरेर खानेपानीको व्यवस्था गरिएको बताए ।

अनुगमक टोलीमा जिल्ला शिक्षा कार्यालय रामेछापका शाखा अधिकृत भरतबहादुर भट्टराई, गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवनकुमार श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा प्रतिनिधि युवराज सापकोटा, संस्थाका अध्यक्ष प्रकाशकुमार कार्की, पत्रकार नवराज पथिक लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्