पत्रकार महासंघको उपाध्यक्षमा मातृका पौडेलको उम्मेदवारी



३ भदौ, काठमाडौं ।
नेपाल पत्रकार महासंघको अधिवेशनको लागि उपाध्यक्षमा मातृका पौडेलले उम्मेदवार बनेका छन् । रोमछाप जिल्लामा जन्मिएर झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पौडेल तिर्थ कोइराला नतेतृत्वको व्यवसायिक लोकतान्त्रिक एव अग्रगामी समुहबाट उपाध्यक्षमा उम्मेदवार बनेका हुन् ।

टेलिभिन, पत्रिका र अनलाइन सञ्चार माध्यमा रहेर निरन्तर रुपमा पत्रकारिता गर्दै आएका उपाध्यक्षका उम्मेदवार पौडेले यस अघि माधव पौडेल र शेरधन राई सूचना तथा सञ्चार मन्त्री हुँदा प्रेस सल्लाहकार भएर काम गरेका अनुभव छ ।
उपाध्यक्षका उम्मेदवार मातृका पौडेलले रामेछाप न्युजसँग भने,‘विगतदेखि नै मैले पत्रकारको हक हितको मुद्दा उठाउदै आएको छ, मलाई विश्वास छ यस पटको महाधिवेशनमा मलाई जिताए, आगामी दिनमा पत्रकारको हक हितको लागि प्रतिबद्ध भएर काम गर्छु ।’ नेपाल पत्रकार महासंघ समग्र पत्रकारहरुको छाता संगठन भएको बताउदै उनले महासंघको नेतृत्व पनि क्रियाशिल पत्रकारहरुले नै गर्नुपर्ने बताए । पौडेल हाल अनलाइन खबरमा कार्यरत रहेका छन् ।

भाद्र ५ मा मतदान हुने
काठमाडौं । पत्रकार हरुको छाता संगठन नेपाल पत्रकार महासंघमा यतिखेर निर्वाचनको माहोल बढेको छ । भोलि देखि ५ गते सम्म हुने महाधिवेशनको कार्यतालीका शनिवार सार्वजनिक गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीउपर दाबी विरोध आजै १२ बजेसम्म गर्न सकिनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे गर्ने निर्वाचन समितिको तयारी छ ।
त्यस्तै नेतृत्वको लागि उम्मेदवार बन्न चाहनेले भद्र ४ गते दिउँसो १२ बजे देखि अपराह्न ३ बजे सम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन । त्यस्तै उम्मेदवारी फिर्ता तथा दावी विरोध गर्नको लागि एक घन्टाको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि बेलुकी ५ बजे प्रकाशन गरीने बताइएको छ ।
महासंघको निर्वाचन पर्सि अर्थात भाद्र ५ गते हुने कार्यतालीकामा उल्लेख गरिएको छ । पर्सि बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म मतदानको समय तोकिएको छ भने मतगणना मतदान सकिएलगत्तै हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्