गृहराज्य मन्त्रीमा श्यामकुमार श्रेष्ठ



४ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्र रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ गृह राज्य मन्त्री भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्य मन्त्री श्रेष्ठलाई सपथ खुवाएका हुन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रले रामेछापबाट पहिलो पटक मन्त्री पाएको हो ।

प्रतिक्रिया दिनुहोस्