प्रचण्डले दिए गृहराज्य मन्त्री श्रेष्ठलाई सफलताको शुभकामना



४ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएका छन् । प्रचण्डले राम्रो काम गरेर देखाउन शुभकामना दिदै जनताले महशुस गर्ने गरी काम गरेको हेर्न चाहेको बताएका थिए ।
मन्त्रीको पदवहाली गरेपछि प्रचण्ड निवास लाजिम्पाटमा भेटन पुगेका गृहराज्य मन्त्री श्रेष्ठलाई प्रचण्डले देश र जनताको ध्यानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका थिए ।


जवाफमा नवनियुक्त गृहराज्य मन्त्री श्रेष्ठले पार्टीले देश र जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्ने बताएका थिए । मन्त्री श्रेष्ठ पार्टी गृहमन्त्रालयबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको सहितको स्मारकमा माल्यापर्ण गर्दै प्रचण्ड निवास पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्