यस्तो रह्यो गृहराज्य मन्त्री श्रेष्ठको पहिलो दिनः सात फोटोमा हेर्नुहोस



४ भदौ, काठमाडौं ।
नवनियुक्त गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिए लगत्तै गृह मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गरे ।

उनले जनतालाई केन्द्रमा राखेर काम गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । लगत्तै पद वहाली गरेका मन्त्री श्रेष्ठलाई बधाई दिनेका गृह मन्त्रालयमा भीड नै लाग्यो । त्यसपछि शहीदको स्तम्भमा माल्यापर्ण गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।

केन्द्रीलय कार्यालयमा रहेको स्तम्भमा माल्यापर्ण गरेपनि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटन उनकै निवास लाजिम्पाट पुगेका थिए । प्रचण्डलाई भेटेलगत्तै सभामुख र माओवादी केन्द्रका नेता बर्षमान पुनलाई भेटन सभामुखको निवासमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्