सरकारमा ८ राज्य मन्त्री थपिए



४ भदौ, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आठ राज्य मन्त्री थप्नुभएको हो ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल अब ३१ सदस्यीय पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।
आठ राज्य मन्त्रीहरुमा महिला बालबालिका तथा समाज कल्याणमा मोहम्मद जाकिर हुसेन,स्वास्थ्यमा रामसिंह यादव, गृहमा श्यामकुमार श्रेष्ठ, उर्जामा शम्भुलाल श्रेष्ठ आपूर्तिमा कर्णबहादुर विक, शहरी विकासमा छमबहादुर गुरुङ, पशुपक्षी विकासमा गोमा कुँवर र सामान्य प्रशासनमा ओङ्दी शेर्पाले शनिवार नै कार्यभार ग्रहण गर्नुभएको छ । सत्तारुढ दल माओवादी केन्द्रले पराष्ट्र मन्त्रालय बाहेक सबै मन्त्रालयमा राज्यमन्त्री पठाएको छ । देउवा नेतृत्वको सरकारमा माओवादीको तर्फबाट नौ जना मन्त्रीहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्