मंसिर १० गते प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन घोषणा



५ भदौ, काठमाडौं ।
सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । संविधान कर्याान्वयन गर्नको लागि सरकारसँग पर्याप्त समय नभएको कारणले गर्दा दुवै तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो । २ नम्बर प्रदेश बाहेक बाँकी ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । २ नम्बर प्रदेशमा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

तर, निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्