कुलमान घिसिङ भन्छन–अब घरमै बसेर बिजुलीको बिल तिर्न सकिन्छ



५ भदौ, काठमाडौं ।
बिजुलीको बिल तिर्न अहिले लाइन बस्नु पर्ने र घण्टौ धाउनु पर्ने बाँध्यता रहेको छ । विज्ञान र प्रविधिको विकास भएपनि अहिले पनि सर्वसाधारण उपभोक्ता लाइन बसेर बिजुलीको विल तिर्ने गरेका छन् । उपभोक्तालाई सुविधा दिने उदेश्यले नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल तिर्न कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गरेको छ।

घरमै बसेर मोबाइल एप्लिकेसनबाट बिजुलीको बिल तिर्ने व्यवस्थाको आज उर्जा मन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा उद्घाटन गरेका हुन्।अनलाइन पेमेन्ट प्रणाली सुरुवाती १५ दिन काठमाडौं उपत्यकामा ‘ट्रायल गर्ने त्यसपछि देशभर विस्तार गर्ने मन्त्री शाहीले बताए ।

यसरी प्रयोग गर्न सकिन्छ अनलाईन पेमेन्ट
अनलाइनबाट बिजुलीको बिल तिर्न बैंक खाता हुने ग्राहकलाई सबैभन्दा सजिलो छ। त्यसपछि मोबाईल वा एसएमएस बैंकिङ मार्फत बिल तिर्न सकिन्छ। यदि बैंकमा खाता छैन वा खाता भएर पनि मोबाईल वा एसएमएस बैंकिङको सेवा नलिएको भए अनलाईन पेमेन्टको स्वीकृति लिएका वित्तिय संस्थाबाट बिल तिर्न सकिन्छ। अनलाईन मार्फत बिजुलीको बिल तिर्न अहिलेसम्म नौ वटा वित्तिय संस्था एवं सेवा प्रदायकले आवेदन दिएकोमा छ कम्पनीसँग सम्झौता भइसकेको छ।


महालक्ष्मी विकास बैंक, ई–सेवा, प्रभु बैंक, सिएफएस रेमिट, पेपोस्ट नेपाल र सिटि एक्सप्रेस मनिट्रान्सफरले पहिलो चरणमा अनुमति पाएका हुन्। त्यसैगरि हिमालयन बैंक, नेपाल ईन्भेस्टमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडले आवेदन दिएकोमा केहि दिन भित्रै सम्झौता हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यी संस्थाका देशभर १५ हजार बढि शाखा एवं काउन्टर छन्।
बैंकको शाखा नजिकमा नहुने उपभोक्ताले स्वीकृति लिएका मनीट्रान्सफर, ईसेवा एवं पेपोस्ट सेवा प्रदायक काउन्टरबाट पनि बिल तिर्न सकिने व्यवस्था मिलाएको घिसिङले बताए । उनका अ नुसार
बिल तिर्नको लागि नेपाल टेलीकमले जस्तै रिचार्ज कार्ड बजारमा ल्याउने तयारी गरिएको छ । घिसिङले भने,‘अनलाइन पेमेन्टको लागि कुनै अतिरिक्त भुक्तानी लाग्दैन, उपभोक्ताको सुविधानको लागि यो सुविधा ल्याइएको हो ।’
घिसिङले प्राधिकरणको प्रमुख भएको एक बर्षको अवधिमा लोडसेडिङको अन्त्य, प्राधिकरणलाई नाफामा लैजाने सफल काम भएका छन् । प्राधिकरणले अब उपभोक्तालाई घण्टौ लाइन लाग्न नपर्ने र घरमै बसेर बिजुलीको पैसा तिर्ने सुविधा ल्याएको छ ।

ग्राहकले नजिकैको बैंक तथा वित्तिय संस्था वा इ–सेवाको सेवा उपलब्ध गराएका स्थानमा गएर महसुल तिर्न सक्नेछन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिल अनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महसुल तिर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्री शाहीले प्राधिकरणको प्रणालीलाई स्मार्ट ग्रीड तथा स्मार्ट मिटरमा लैजानका लागि नयाँ सुरुवात गरिएको र त्यसले एकाध वर्षमा सार्थकता पाउने विश्वास व्यक्त गरे ।

ती संस्थाले ग्राहकसँग कुनै पनि शुल्क लिन पाउने छैनन् ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढी भन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली सुरुवात गरिएको जानकारी दिए ।

उनले प्राधिकरणको काम कारवाहीलाई बढी भन्दा बढी सरल तथा सहज बनाउन नयाँ प्रविधिको विकास गरिएको र त्यसलाई आत्मसात् गरिएको भन्दै कुनै पनि प्रकारको प्राविधिक समस्या नआउने बताए ।

अनलाइन भुक्तानीका लागि सम्झौता भएका संस्थाले रु पचास लाख धरौटी समेत प्राधिकरणको खातामा राखेका छन् ।

ग्राहकले महसुल तिरेको भन्ने सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्था वा इसेवाका काउन्टर र प्राधिकरणको भुक्तानी इकाइमा समेत तथ्यांक रहनेछ ।

प्राधिकरणले अनलाइन भुक्तानी सेवा उपलब्ध गराउन इच्छुक फर्म वा संस्थालाई सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा पहिलो चरणमा ६ वटा संस्थासँग सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्