गुण्डागर्दी अन्त्य र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छःगृहराज्य मन्त्री श्रेष्ठ



६ भदौ, भक्तपुर ।
गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ले गुन्डागर्दी अन्त्य र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउदै गुन्डागर्दी र भ्रष्टाचार सह्य नहुने बताएका हुन् ।


मंगलवार भक्तपुरमा रामेछापवासीद्धारा आयोजित मन्त्री श्रेष्ठको स्वागत तथा अभिन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारको पहिलो प्राथमिकता भएको बताए । गृहराज्य मन्त्री श्रेष्ठले विपत व्यवस्थापन विधेयकलाई संसदमा पेश गरेर छिट्टै पास गर्ने योजनामा मन्त्रालय रहेको बताए ।
उनले भने,‘आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन र आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकारले कुनै पनि कसरत बाँकी राख्दैन, घोषणा भएकै मितिमा निर्वाचन सम्पन्न हुन्छ ।’
निर्वाचन असफल पार्न प्रतिक्रियावादी शक्तिहरु लागे पनि सरकारले कुनै पनि हालतमा सफल हुन नदिने उल्लेख गर्दै गृहराज्य मन्त्री श्रेष्ठले देशी विदेशी चलखेल र षडन्त्र असफल पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्