जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको ११ काम



७ भदौ, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको ११ काम जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकार सूर्यबहादुर खत्रीले आफ्नो साढे पाँच महिने अवधिमा भएका सकारात्मक कामको बारेमा जानकारी गराएका छन् । उनले कार्यालय परिसरभित्र फ्रि वाइफाई र नागरिकहरुलाई टोल फ्रि नम्बरको उपलब्धता, नागरिकहरुलाई घरदैलोमा नै नागरिकता प्रदान लगायतका कामको बारेमा जानकारी गराएका हुन् ।

सेवाग्राही मैत्री सेवा प्रवाहको लागि हालै गरिएका प्रयासहरु

1. Free Wifi: सेवाको व्यवस्था गरिएकोले सेवाग्राहीलाई समय व्यतित गर्न र सूचना संकलन गर्न सहज भएको ।

2. गुनासो व्यवस्थापन गर्न होर्डिङ्ग बोर्ड मार्फत सिधैं प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी सेवा प्रवाहमा ढिला सुस्ती र झन्झट भएमा गुनासो गर्ने व्यवस्था गरिएको ।

3. आगन्तुकको लागि स्वागत व्यक्त गर्ने गरी बोर्ड राखिएको ।

4. कार्यालयको कामको बारेमा जानकारी लिन टोल फ्रि नम्बर 16604854888 सञ्‍चालन गरिएको ।

5. सेवाग्राहीलाई फुर्सदको समयमा पत्रपत्रिका र अन्य सरकारी प्रकाशन पुस्तक अध्ययन गर्नका लागि प्रतिक्षालयमा काठको पिजन हल राखिएको ।

6. शौचालय सरसफाईमा थप व्यवस्था गरिएको । खासगरी सेवाग्राहीले प्रयोग गर्ने शौचालयमा सरसफाईलाई ध्यान दिएको ।

7. निवेदन दस्तुर बापतको हुलाक टिकट कार्यालयको Help Desk बाट उपलब्ध गराईएको ।

8. सेवाग्राहीलाई निवेदन लेख्‍न अलमल र व्यहोरा लेख्‍न कठिनाई महसुस गरेकोले कार्यालयबाटै विभिन्‍न किसिमका निवेदनहरु छपाई गरी सेवाग्राहीलाई उपलब्ध गराउने गरिएको ।

9. राहत वितरण गर्दा राहत रकम सिंधै पीडितको बैंक खातामा पठाउने व्यवस्था गरिएकोले सेवाग्राहीलाई सोही काममा कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको ।

10. इलाका प्रशासन कार्यालय लाप्चाने सञ्‍चालन भै सेवा प्रवाह सुचारु भएको, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिकामा 2074 श्रावण महिनामा नागरिकता वितरण टोली मार्फत 677 नागरिकता वितरण भएको । 50 हजार जनाको नागरिकताको अभिलेख कम्प्युटरराईज गरिएको । कार्यालयबाट बढीमा 1 घण्टा भित्र नागरिकता वितरण भएको तथा कार्यालय समय पश्‍चात पनि सेवा दिएको ।

11. स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निश्‍पक्ष र स्तन्‍त्ररुपमा सम्पन्‍न गरिएको ।

 

भावी योजना

1. सेवाग्राहीलाई First come first Service का लागि Service Coupen दिने ।

2. नेपाल टेलीकमको सहकार्यमा मोवाईल चार्जरको सुविधा दिने ।

3. नागरिकतको Computer अभिलेखमा गृह मन्‍त्रालयको निर्देशन बमोजिम अन्य जिल्लालाई पनि Access दिने ।

4. टेलिफोनको Intercom Service सञ्‍चालन गर्ने ।

 

 

प्रतिक्रिया दिनुहोस्