गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठको पाँच योजना



गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कामको प्राथमिकता निर्धारण गरेका छन् । संविधान कार्यान्वय, तीन तहको निर्वाचनको लागि शान्ति सुरक्षा कायम गर्ने र समयमा नै निर्वाचन सम्पन्न गराउने, विपत व्यवस्थापन लगायतको विषयमा गृहराज्य मन्त्री श्रेष्ठले योजना बनाएर नै काम थालेका छन् । उनले आम नागरिकलाई शान्ति सुरक्षाको पक्षलाई झन मजबुद्ध बनाउने गरी काम सुरु गर्ने योजना बनाएको बताए । सै विषयमा गृहराज्य मन्त्री श्रेष्ठसँग रामेछाप न्युजले गरेको कुराकानीः–

श्यामकुमार श्रेष्ठ, गृहराज्य मन्त्री

तीन निकायको निर्वाचनमा ध्यान
सरकार संविधान कार्यान्वय गर्ने कार्यमा प्रतिबद्ध छ । हामी संविधान कार्यान्वयन गर्ने विशिष्ट अवस्थामा छौं । २ नम्बर प्रदेश बाहेक बाँकी ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । आगामी मंसिर १० गतेको लागि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नको लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ । असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनलाई सम्पन्न गर्न सरकारले तयारी थालिसकेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । संविधान कार्यान्वय गर्दै जनताले अपेक्षा गरेको दिगो विकास, शान्ति, समृद्धि र संविधानमा उल्लेख भएको समाजवादउन्मुख समाज स्थापना गर्न, संविधानको भावना र मर्म अनुसार काम गर्न हामी प्रतिबद्ध भएर लाग्छौ ।

विपद व्यवस्थापन विधेयक छिट्टै पास गछौं
नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । नेपालका आफ्नै भौगोलिक विशिष्टता छ । हिमाली क्षेत्रका जनता हिमपहिरो लगायतका समस्याबाट प्रभावित हुने गरेका छ । पहाडमा पहिरो जाने र नदीनाला थुनिदा जनजीवन अस्तव्यस्त हुने गरेको छ । तराईमा डुबानको सास्ती लामो समयदेखि चल्नै आएको छ । प्राकृतिक रुपमा बर्षेनी विपद आउने गरेका छ । विपदपछि सरकारले अहिले पनि उद्धार राहत र पुर्नंस्थापनाको काम गर्दै आएको छ । तर सम्पूर्ण विषय कानुनमा नसमेटिदा जटिलता पनि छन् । त्यसैले विपदसँग सम्बन्धित उद्धार राहत, पुर्नस्थापनाका सहतिको विषय ऐनमा व्यवस्था गर्न लागेका छौं ।
नेपालमा युग सुहाउदो, परिस्थित अुनसार कानुन नहुँदा समस्या परेको छ । विपद व्यवस्थापन विधेयक निर्माणमा गृह मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यो छिट्टै पास गर्ने योजना बनाएका छौं । विधेयकमा रणनीति लक्ष्य हासिल गर्ने र परिणाममुखी रिजल्ट निकाल्ने गरी नीतिगत व्यवस्था गछौं । कानुनमा नै पूर्वतयारी, उद्धार राहत र पुर्नंस्थापनको विषय सबै समावेश गछौं । जसको कारण जहाँ विपद पर्छ तत्काल सहज रुपमा काम होस । अब देशको कुन स्थानमा कहाँ जोखिमयुक्त स्थानहरु छ? त्यसको पहिचान गरी नियन्त्रण गर्न पनि पूर्वतयारीको आवश्यकता छ । विधेयकमा पूर्व तयारी र पूर्व सूचना दिने व्यवस्था हुन्छ ।
समयमा नै सचेत हुने हो भने देशभित्र हुने सम्भावित प्राकृतिक प्रकोपहरुलाई न्युनिकरण गर्न सके मात्र ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ । पूर्व तयारीको लागि स्रोत साधन सम्पन्न बनाउने र भौतिक पूर्वाधार निर्माणको कामलाई ऐनमा नै व्यवस्था गछौं ।

पाँच प्राथमिकता
पहिलो विपद व्यवस्थापन विधेयक पारित गरेर ऐनको रुपमा लागू गर्ने, दोस्रो आगामी निर्वाचन असोज २ गतको स्थानीय तहको निर्वाचनसँगै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनहरु सम्पन्न गर्ने, तेस्रो गृह प्रशासनले अझ बढी शान्ति सुरक्षा अमनचयन, जनतालाई प्रत्याभुत गराउने, अहिले पनि व्यवसायीहरुले ढुक्क भएर आफ्नो विवेक प्रयोग गरेर लगानीमैत्री वातावरण नभएको हो कि ? भन्ने कुरा आएको छ । हरेक नागरिकहरुलाई स्वस्थ्य प्रतिस्पर्धात्मक लगानीमैत्री वातावरण बनाएर व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउछौ । प्रत्यक नागरिकहरुलाई मनोवैज्ञानिकरु रुपमा गृह मन्त्रालयले शान्ति सुरक्षाको क्षेत्रमा अब्बल नै रहेको अनुभूति दिलाउछौ । चौथौ प्राकृतिक प्रकोपको राहत उद्धार र पुनस्थापना र नवनिर्माण चार वटै विषयलाई सम्बन्धित विषयगत मन्त्रालयसँग समन्वय र सहकार्य गरेर काम गछौं ।
मापण्ड अनुसार नै सरुवा बढुवा
सरुवा बढुवा नियमित प्रक्रिया हो । हिजो र आजको परिस्थिति फेरिएको छ । अञ्चल, विकास क्षेत्र भन्दा पनि अहिले संविधान अनुसार ७ सय ४४ स्थानीय तह निर्माण भएको छ । सिनियर कर्मचारीहरुले जुनियरको नेतृत्वमा बस्नु पर्यो भन्ने गुनासो पनि गर्ने गरेका छन् । कतिपयय सिनियर कर्मचारीरुले रोलक्रममा बढुवा गर्नुपर्छ त्यसो हुन सकिरहेको छैन् भनिरहेका छन् । यस बारेमा मलाईसँग गुनासो आएको छ । अहिले पनि सरुवा बढुवा गर्ने मापदण्ड र विधि छ । तर यसलाई झन परिस्कृत गरेर सरुवा बढुवालाई अझ व्यवस्थित बनाइन्छ । कर्मचारी समायोजकनको विषयमा पनि त्यही अनुसार मिलाउनु पर्छ ।
क्षमता अनुसारको काम
प्रहरी संगठनभित्र कुनै व्यक्तिको प्रभावमा काम हुँदैन । म प्रस्ष्ट पार्न चाहन्छ । हामीले नीतिगत व्यवस्थालाई वैज्ञानिक ढंगले अगाडि बढाउछौ । हामी विधि तय गछौ । मापदण्ड र विधिबाट मात्र अगाडि बढछ । त्यो गर्दा नै कर्मचाहरुको मनोवल उच्च हुन्छ । क्षमता अनुसार जिम्मेवारी दिनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । सम्बन्धित कार्य क्षेत्रमा जाने वातावरण सृजना गरिन्छ । कसैको क्षमता एउटा छ अर्को क्षेत्रमा पठाउदा परिणाम आउदैन । परिणाम आउने गरी काम गछौं ।

 

प्रतिक्रिया दिनुहोस्