अध्यायगमन विभागलाई प्रभावकारी काम गर्न गृहराज्य मन्त्री श्रेष्ठको निर्देशन



८ भदौ,काठमाडौं ।
गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले अध्ययगमन विभागका कर्मचारीहरुलाई समस्या देखाउने भन्दा पनि समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अध्यायगमन विभागमा रहेका नीतिगत समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउदै उहाँले हाल भएका नीतिहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वय गरेर काम गर्न निर्देशन दिएका हुन् ।


विहिवार अध्ययगमन विभागको अनुगमन गर्दै मन्त्री श्रेष्ठले विभागमा रहेका त्रुटी सच्याउन सरकार तयार रहेको बताउदै जटिलताहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए । विभागले परम्परागत ढंगबाट भन्दा पनि विज्ञान र प्रविधिको प्रयोग गरेर सहज रुपमा सेवा सुविधा उपलब्न गराउन उनले निर्देशन दिए ।

मन्त्री श्रेष्ठले भने, ‘नेपालमा भित्रिएकाहरुलाई पर्यटक मात्र बुझ्नले चलन छ, सबै पर्यटक हुन्छन भन्ने छैन, यो विषयमा विभाग चनाखो हुनुपर्छ ।’ सरकार नीतिगत रुपमा रहेका जटिलता सच्याउन तयार छ, नीतिगत व्यवस्था गरेपछि कार्यान्वयन गर्न पनि उतिकै ध्यान दिनुपर्छ, मन्त्री श्रेष्ठले भने ।
‘आर्थिक समस्या छ भनेर काम नै नगरी त भएन,योजना र कार्यान्वयन हुनुपर्छ’,मन्त्री श्रेष्ठले भने,‘राजनीतिक रुपमा कुरा चर्को गरी राख्ने, जे पनि गर्छु भन्ने एउटा चलन छ, म थोरै बोल्ने र काम गरेर देखाउने संस्कृतिको विकास गर्ने पक्षमा छु ।’
अध्यायगमन नीति आवश्यक भएको बारेमा मन्त्रालय जानकार रहेको बताउदै अध्ययगमन नीति भन्दा पनि सबै समस्यामाथि विषगत रुपमा छलफल गरेर ऐनकै व्यवस्था गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । अध्यायगम विभागका महानिर्देशक दिपक काफ्लेले नीतिगत समस्या समाधान गर्न आग्रह गर्दै पर्यटक भिषाको बारेमा रहेको अन्यौलता हटाउनको लागि कानुनमा नै व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्