‘रामेछाप शान्त र समृद्ध बन्छ’



९ भदौ, रामेछाप ।
गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्ला शान्त र समृद्ध बन्ने बताएका छन् । संविधान कार्यान्वयसँग देश विकासको गतिमा अगाडि बढेको बताउदै उनले जिल्लाको विकासमा भूमिका खेल्ने बताएका हुन् । गृह जिल्ला रामेछापमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऐतिहासिक जिल्ला भएपनि लामो समयदेखि राजनीतिक खडेरी परेको महशुस भएपनि अहिले पूरा भएको बताए ।

‘रामेछापवासी जनताले माया गरेर सांसद बनाउनु भो, सांसद हुँदा पनि विकासको नेतृत्वमा भूमिका खेले’, उनले भने,‘जनताको मयााकै कारण प्रजातन्त्र र गणतन्त्रपछि गृहराज्य मन्त्रीको भूमिका पाएको छु, म जिल्लाको विकासमा भूमिका खेल्छु, जनताको साथ सहयोग र सभदाव मलाई चाहियो ।’
म सफल हुनु रामेछापवासीको सफल हुने हो, हामी रामेछापलाई समृद्ध शान्त र व्यवस्थित बनाउन सक्छौ, हामी परम्परागत सोचबाट माथि उठेको छौ, उनले भने ।
५५ वटा गाविस भएको रामेछाप जिल्ला आज ८ गाउँपालिका र ६४ वटा वडा बनेको बताउदै दुई वटा प्रतिनिधित्व गर्ने जिल्ला अब एउटै निर्वाचन क्षेत्र र प्रदेशमा दुई वटा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्