रामेछापका प्रजिअ खत्रीको विदाई



९ भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको सरुवा भएकाले जिल्लावासीले विदाई गरेका छन् । शुक्रवार रामेछाप जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाहरुले प्रजिअ खत्रीको विदाई गरेका हुन् ।

तस्बीरः पत्रकार टिका भट्टको फेसबुकबाट

गृह मन्त्रालयले खत्रीलाई गृह मन्त्रालयमा सरुवा गर्दै नयाँ प्रजिअमा दिलिप लामेछानेलाई पठाउने निर्णय गरेको छ ।

साढे पाँच महिना अघि रामेछापमा प्रजिअ भएर आएका खत्रीले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन भूमिका खेलेका थिए । नयाँ प्रजिअ लामेछानेले आगामी केही दिनभित्र नै जिम्मेवारी सम्हाल्ने जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्