उर्जा मन्त्री र मेरो सम्बन्ध बिग्रिएको छैनः कुलमान घिसिङ



१३ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न सञ्चार माध्यममा ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफूलाई समेत जोडेर संप्रेषित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । घिसिङले उर्जा मन्त्री शाहीसँग अहिले पनि सम्बन्ध राम्रो रहेको र नविग्रिएको बताएका हुन् ।


समाचारमा कुनै सत्यता नरहेको बताउदै घिसिङले अहिलेको ऊर्जा संकट समाधान गरी ऊज्यालो नेपाल निर्माण गर्ने,निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम ऊर्जामन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको बताएका छन् । उनले यस्तो अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्र्नेे बताए ।
घिसिङले ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको बतताए । दिगो रुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगका लागि उनले सबैलाई अपिल समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्