उपमहासचिवका उम्मेदवार केसीका पाँच एजेण्डा



१३ भदौ, काठमाडौं ।
नेकपा माओवादी कन्द्र निकट अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलन अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । माओवादीको इतिहासमा पहिलो पटक हुन लागेको निर्वाचनमा उपमहासचिव पदको लागि निवर्तमान सचिव मनोज केसीले उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समयदेखि अखिल क्रान्तिकारीमा राजनीति गर्दै आएका केसीले शिक्षा क्षेत्रमा देखिएको विकृति र विसंगती हटाउनको लागि आफूले उम्मेदवारी दिएको बताए । चुनावको लागि विभिन्न पदको लागि २०२ जनाको उम्मेदवार परेको छ । जसबाट ३१ सदस्यीय पदाधिकारी चयन हुने भएका छन् ।

अध्यक्ष पदमा अनिल शर्मा, मदन, अर्याल, रञ्जित तामाङको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा उम्मेदवारी दिएका केसीले विभेद र असमानता शिक्षा प्रणालीको अन्त्य गर्न भूमिका खेल्ने बताएका छन् ।


को हुन मनोज केसी ?
२०५६ सालमा कक्षा ७ मा पढदै गर्दा श्री डहु माविको इकाई अध्यक्ष हुँदै २०५८ सालमा रामेछाप जिल्लाको जिल्ला सचिव ।
२०६२ सालमा रामेछाप जिल्ला अध्यक्ष हुँदै २०६३ सालमा संगठनको केन्द्रीय सदस्य । त्यसपछि सचिवालय सदस्य हुदै रामेछाप जिल्लाको इन्चार्ज ।
२०७३ सालमा संगठनको केन््रीय सचिव तथा ३ नम्बर प्रदेशको सह–संयोजकको जिम्मेवारी काम गर्दै ।
प्रतिबद्धताः
शिक्षामा भएको विभेद र असमानताको विरुद्धमा लडने ।
शिक्षा क्षेत्रमा भएको निजीकरण र माफियाकरणको विरुद्धमा लडने ।
विद्यार्थी संगठनमा उमरेको हदबन्दी कायम गरी संगठनलाई फ्रेस युवा विद्यार्थीको टिम र संगठनलाई चुस्त बनाउन लागि पर्ने ।
माओवादी पार्टी र अखिल (क्रान्तिकारी)का नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन र नेताहरुलाई निजी शिक्षण संस्थामा लगानी गर्न रोक्नको निम्ति लडने ।

प्रतिक्रिया दिनुहोस्