रामेछापमा अब एउटा मात्र निर्वाचन क्षेत्र



१३ भदौ, काठमाडौं ।
संविधान अनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार गरेको प्रतिवेदन अनुसारअब रामेछापमा एउटा मात्र निर्वाचन क्षेत्र हुने भएको छ । यस अघि रामेछापमा दुई वटा निर्वाचन क्षेत्र रहेको थियो । २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सीमित गर्दा रामेछापमा एउटा मात्र निर्वाचन हुने निश्चित भएको छ ।
आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। सोही निर्वाचनमा नयाँ निर्वाचन क्षेत्रहरु कार्यान्वयनमा आउने छन्। प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र भएको ठाउँमा प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र हुनेछ।

रामेछापमा भने २ वटा प्रदेशसभा हुनेछ । संविधानबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा पहिलो प्राथमिकता जनसंख्या र दोस्रो प्राथमिकता भूगोललाई दिइएको छ। त्यसैगरी टुक्रिएको अर्को जिल्ला नवलपरासीमा दुवैतर्फ दुई दुई निर्वाचन क्षेत्र रहने छ। काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र कायम रहने छन् ।
रामेछापमा साविकको ५५ गाविसलाई नयाँ संरचना अनुसार ८ वटा स्थानीय तह र ६४ वटा कायम गरिएको छ । रामेछाप जिल्लामा २ लाख भन्दा बढी जनसंख्या रहेको छ भने पछिल्लो तथ्याङक अनुसार १ लाख ४० हजार भन्दा बढी मतदाता रहेका छन् ।

कुन जिल्लामा कति प्रतिनिधिसभा निर्वाचन क्षेत्र? हेर्नुहोस् नक्सा :

प्रतिक्रिया दिनुहोस्