गृह राज्यमन्त्री श्रेष्ठको विरुद्ध कान्तिपुरमा प्रकाशित समाचार झुटो होः गृह मन्त्रालय



१४ भदौ, काठमाडौं ।
गृह मन्त्रालयले गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठको विरुद्ध कान्तिपुर दैनिकमा प्रकाशित ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शिर्षकमा प्रकाशित समाचार झुटो भएको बताएको छ । मन्त्रालयले हुलाक सेवा विभागको नाममा रहेको बा १ झ १००९ नम्बरको फर्जी सवारी साधन प्रयोग नगरेको बताएको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्धारा बुधवार जारी विज्ञप्तीमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुह मन्त्रालयकै नाममा रहेको बा १ झ १०७७ र बा.१ भ्m ६४०७ नम्बरको सवारी साधन प्रयोग गरेको बताएका छन् ।

गृह राज्यमन्त्रीको मानमर्दन हुने गरी कान्तिपुर दैनिकमा कपोकल्पित, तथ्यहीन र भ्रामक समाचार प्रकाशन हुनु अत्यन्त दुःखत विषय हो, सुवेदीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यस्तो कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित नगर्न र नगराउन तथा कुनै पनि समाचार प्रकाशन गनुपूर्व सम्बन्धित व्यक्ति वा निकायसँग सम्पर्क गरी प्रमाणित समाचार मात्र प्रकाशन गर्न कान्तिपुर दैनिकलाई आग्रह गर्दछ ।’

यो हो गृह राज्मन्त्रीले प्रयोग गरेको गाडी

प्रतिक्रिया दिनुहोस्