रामेछापको विकासको लागि प्रतिबद्ध छः गृह राज्यमन्त्री श्रेष्ठ



१५ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको विकासको लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले जिल्लाको ८ वटा स्थानीय तह र ६४ वटा वडाको समान विकासको प्रतिबद्ध रहेको बताएका हुन् ।
आज मन्थली नगरपालिका काठमाडौं जनसम्पर्क मञ्चद्धारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहराज्यमन्त्री श्रेष्ठले जिल्लाको विकासको लागि योजनाबद्ध रुपमा काम थालेको बताए । उनले आफू सांसद हुँदादेखि नै जिल्लाको विकास निर्माणमा ध्यान दिएको बताउदै आफ्ना मन्त्रीको भूमिकामा पनि जिल्लाको विकासलाई ध्यान दिने बताए ।


उनले गृह प्रशासनमा भएको कमिकमजोरी सुधारको लागि सरकारले काम थालेको बताउदै विपद व्यवस्थापन विधेयक छिटै कार्यान्वयनमा ल्याउने बताए ।
‘केही शक्तिहरु मेरो विरुमा हात धोएर लागेका छन’, गृह राज्यमन्त्री श्रेष्ठले भने,‘मिडियामा मेरो विरुद्ध भ्रम सृजना गर्ने गरी समाचार आयो, मैले प्रयोग नै गरेको गाडी नम्बर हालेर आएको समाचारप्रति म पनि तीन छक परेको छु ।’

प्रतिक्रिया दिनुहोस्