तीन तहकै निर्वाचन सम्पन्न गर्न सरकार तयार छःगृह राज्यमन्त्री श्रेष्ठ



१६ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन, मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका हुन् ।
शुक्रवार राजधानीमा राष्ट्रिय संस्थागत विद्यालय संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहराज्यमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताए ।
‘सबै नागरिकहरुलाई समान अधिकार प्रदान गर्ने व्यवस्था संविधानमा नै व्यवस्था गरेका छौं’, उनले भने,‘तीन तहकै निर्वाचन सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध छ, सरकारले सुरक्षा व्यवस्था मजबुद्ध बनाएको छ ।’
निर्वाचन मार्फत संविधानमा उल्लेख गरिएको विषय संस्थागत गर्ने कार्यमा सरकार लागि परेको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले समृद्ध नेपाल निर्माणको अभियानमा सबै जुटनु पर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्